After header

वडावासीहरुको विकासका लागि मन वचन र कर्मले लागिएको छु ः वडा अध्यक्ष हुमागाई

  • स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन् । सडक, विद्युत, खानेपानी लगायतको क्षेत्रमा नागरिकहरुले परिवर्तनको आशा र अपेक्षा गरेका छन् । पनौती नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सहकुल कुमार हुमागाई वडावासीहरुको विकासका लागि मन वचन र कर्मले लागिएको बताउछन् । यसै विषयमा वडाको विकास निर्माणको लागि गरेको प्रयास र आगामी योजना लगायतको विषयमा केन्द्रीत रहेर मिडिया दर्पण डट.कम न्युजको लागि गरेको कुराकानीः–

– अहिले के मा व्यस्त हुनुहुन्छ ?

वडा कार्यालयले वडाबाट दैनिक रुपम गरिने सेवा प्रवाहलाई प्रभावकारी रुपमा प्रदान गर्नुका साथसाथै विकास निर्माणका कामहरुलाई अगाडी बढाउने, संचालनमा अएका योजनाहरुलाई गुणस्तरीय बनाउन अनुगमन गर्ने काममा व्यस्त छु ।

– तपाँईले यस पनौती वडा नं ९ मा चुनाव उठिरहँदा त्यसबेला जनताहरुलाई बोलेका बाचा कति पुरा गर्नुभो ?

म चुनाव उठिरहँदा जनताको विचमा वाचा पत्र (घोषणा पत्र ) दिए अनुसारै वडा क्षेत्रभित्र हामिले तत्काल गर्नुपर्ने कामका साथसाथै अल्पकालिन र दीर्घकालिन तवरले दिगो विकास गर्ने लक्ष अनुसार विगतमा हामिले गरेका अधुरा योजनाहरुलाई पुरा गर्नुका साथसाथै नयाँ आवधिक योजनाहरुलाई कार्यान्वयनमा ल्याईएको छ, वडावासीहरुको विकास प्रतिको चाहान पुरा गर्ने काममा मन वचन र कर्मले लागिएको छु कति पुरा भैसकेका छन भने कति पुरा हुने चरणमा छन , त्यसैमा हाम्रो अर्जुन दृष्टि छ र रहने छ ।

– तपाँई त लामो समय यस वडाको नेतृत्व गर्नुभयो,अहिलेसम्म वडामा गर्नुपर्ने तर नभएको विकास छ कि छैन ?

हो मैले तीन पटक सम्म वडावासीहरुको अपार माया पाएको छु यस अवशरमा म पुनः तपाईको लोकप्रिय पत्रिका मार्फत सम्पुर्ण वडावासी आमावुवा दाजुभाई तथा दिदीबहिनीमा आभर प्रकट गर्दछु ,सन्दर्भ गर्नुपर्ने तर नभएको भन्ने सवालमा म के भन्न चाहन्छु भने १. विकासको कुनै सिमा छैन,२. एउटा विकास ग¥यो अर्को अवश्यक्ता , ३. विकास केलाई भन्ने ? भौतिक विकासलाई भन्ने कि सामाजिक विकास ? यदि विकास भनेको भैरहेको अवस्थामा सकरात्मक र अर्थपुर्ण परिवर्तन हो भने वा वहुआयामिक र जनताको जीवनस्तरमा परिवर्तन हो भने हाम्रो वडामा धेरै कामहरु भएका छन् तापनि अझै थुप्रै भौतिक एवं सामाजिक कामहरु गर्न वाँकी नै छ र कति बनिरहेका छन ।

– तपाँईको वडाभित्र विकास निर्माणको काम कसरी अगाडि बढेको छ ?

आयोजनाहरु खासगरी सात चरण पार गरेर वडामा आउछन् ।त्यसमा वडस्तरीय,नगरस्तरीय,प्रदेशस्तरीय र संघीय हुन्छन ।खरिद प्रक्रिया अनुसार बिशेषगरी हाम्रो नगरमा रु – १०,०००,००÷(दशलाख) भन्दा माथिका आयोजनाहरु ठेक्का प्रणालीबाट हुन्छ र दशलाख भन्दा मुनिका आयोजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन गररिएका छन । यस आड्डवड्ड ०८०÷८१ मा यस वडामा तीन तहकै गरेर जम्मा ३२ वटा आयोजनाहरुमा १३ वटा सम्झौता चरणमा छन भने ११ वटा निर्माणको चरणमा छन र ८ वटा सम्पन्न भैसकेको अवस्था छ ।

– तपाईको वडामा सडकको अवस्था कस्तो छ ?

हाम्रो वडा १८ गाँउटोल मिलेर बनेको छ ,प्राय सवै गाँउ टोलमा सडक संजालले छोएको र केही ठाउँ वाहेक अधिकांस भागमा हिउद वर्षा दुबै समयमा यातायातका साधन चल्छन् यति हुदाहुदै पनि वडामा जम्मा ११२१ घरधुरी रहेकोमा जग्गा विवादका कारण १५ घरधुरीमा सडक सञ्जालको अभाव रहेको छ ।

– तपाँईको वडामा कतिवटा विध्यालयहरु पर्छन र शिक्षा क्षेत्रको सुधारका लागि के¥ के काम गरिरहनु भएको छ ?

मेरो वडामा २ वटा सामुदायिक र १ वटा वोर्डिङ गरेर ३ वटा विध्यालय छन । विशेष गरी हाम्रो ध्यान (फोकस) सामुदायिक तर्फ छ । सामुदायिक विध्यालयको गुणस्तर बृद्धीका लागि विध्यालय सुधर योजना तयार गरि उक्त योजना अनुसार भौतिक सुधार ,लईव्रेरी सुधार ,विज्ञानको र गणितको ल्यब सुधार , कम्प्युटर शिक्षा , शिक्षक तालिम ,अतिरिक्त क्रियाकलाप, प्रदेश सरकार मार्फत विध्यालय नर्शको व्यवस्था ,शिशु कक्षा संचालन ,दाता मार्फत पोशाकको ब्यवस्था ,बालमैत्री क्रियकलापका साथसाथै सुझाव अनुगमन गरिदै आएका छौ भने संस्थागत तर्फ वाल समुह गठन गरि त्यहाँको शिक्षण सिकाई क्रियाकलापको अनुगमन गरिदै आइएको छ ।

– निर्वाचन हुनु अगाडिको गाँउ र तपाँई निर्वाचित भएर आए पछिको गाँउमा के फरक बनाउनुभो ?

बढो राम्रो प्रश्न सोध्नुभो ,सुन्नुहोस् ,अघिल्लो कार्यकाललाई बिर्सेर यो डेढ वर्षमा हामिले सडक बत्ती २ सय ५० भन्दा बढी जडान गरेर उज्यालो गाँउ बनायौ भने पक्की सडक २ किलोमिटर बनाएर सुविधा पु¥यायौ ,ग्रावेल सडक २ किलोमिटर ,नयाँ ट्रयाक ७ सय मिटर , सिंचाई कुलो सुधार १ किलोमिटर , खानेपानी ३ सय घरधुरीलाई एक घर एक धाराको सुविधा एवं स्वास्थ्य केन्द्र भवन तला थप, विध्यालयमा सुधार ,कृषि पशुका रोग नियन्त्रण आदि ईत्यादि सेवा सुविधा पु¥याएर हामी आएपछिको गाँउलाई फरक बनाउन सफल भयौ ।

– निर्वाचनमा जे प्रतिबद्धता गर्नु भएको थियो त्यो अनुशार काम गर्न सक्नुभएको छ कि छैन ?

मैल आफ्नो घोषणा पत्र मार्फत ५ वर्ष भित्र जे जे कुराहरु गरिनेछ भनेर ९ नं वडावासीमा प्रतिवद्धता गरेको थिएँ यो १८ महिनाको रफ्तरले मेरो पहिलाको अनुभवले काम गर्न सकेको प्रतित हुन्छ ,शिखरजी !

– वडाभित्र सडक खानेपानी विधुत र स्वास्थ्यको क्षेत्रमा के –के काम गर्दै हुनुहुन्छ ?

हाम्रो वडा मैले अघि नै पनि भनिसकेँ कि १८ गाँउटोल वस्ति छन् एकै पटक सबै टोलमा विकास गर्न बजेटको जोहो गर्न गाह्रो छ तथपि हामी दुरदृष्टिकासाथ लागेका छौ । वडाको चौतर्फी विकास र निर्माणका खातिर ,यो वर्ष सडकमा २ वटा ठुला २ करोडका र साना ९ वटा गरि २.२ किलोमिटर सडक पक्की गर्दै छौ भने खानेपानी तर्फ काभ्रे एकीकृत खानेपानी स्थायी रुपले संचालनमा नआएकाले अस्थायी रुपमा संचालन गर्ने काम अगाडी बढेको छ साथै वैकल्पिक उपाय डिप वोरिङ मार्फत पनि एक घर एक धारा अभियानलाई मुर्त रुप दिने काम हुदैछ । त्यसैगरी बिधुत तर्फ पुराना पोल बदली , लाईन सुधार ,प्रणाली सुधार नयाँ बिधुतलाईन बिस्तार ,केबुल तार फर्ने र सडक बत्ती जडान कार्य हुदै छ, स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य केन्द्रले गर्ने नियमित कार्यका अलवा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम ,बाल पोषण ,गर्भवती महिला पोषण कार्यक्रम , स्वास्थ्य केन्द्रको भौतिक सुधार जस्ता कामहरु अगाडि बढाईएको छ ।

– सामाजिक विकृति पनि समाज निर्माणको बाधकको रुपमा देखिदै आएको छ ।जाँड रक्शी र जुवातास नियन्त्रण गर्नको लागी के कस्ता योजना वनाउनुभएको छ ?

तपाँईले सान्दर्भिक र महत्वपुर्ण प्रश्न राख्नुभएकोमा धन्यवाद , निश्चयनै हाम्रो समाज सदियौ देखि सामाजिक रुपमा जकडिदै आईरहेको छ जसले सम्बृद्द स्वाभिमानी समाज निर्माणमा जाँड रक्शी र जुवातास बाधकको रुपमा रहेको छ यध्यपि हाम्रा जातजातिको संस्कृति परम्पराले समेत पुर्ण रुपमा नियन्त्रण गर्न कठिनाई छ तथापी वडाको तर्फबाट जथाभावी बिक्रीबितरण नगर्न नगराउनका लागि सम्बन्धित व्यक्तिहरुलाई बोलाई प्रतिबद्दता गराउनुका साथसाथै अभिमुखिकरण गर्ने कार्य गरिदै आईएको छ ।यसको पुर्ण नियन्त्रणका लागि वडा तह भन्दा माथिल्ला सरकारी संयन्त्रको कानुनी भूमिका हुने हुँदा यसको हामिले कुनै ठोस योजना बनाएका छैनौ ।

– कृषि क्षेत्रको सुधार गर्नको लागि के पहल गरिरहनुभएको छ ?

हाम्रो वडा कृषिका लागि उर्वर भुमी भएको वडा हो ।यहाँ पनौतीफाँट,नौबिसेफाँट,ओमफाँट लगायत सुन्तोला खेती हुने पाखोबारी भएकाले कृषिक्षेत्रको सुधारका लागि आलु पकेट क्षेत्र ,सुन्तोला पकेट क्षेत्रकको रुपमा विकास गर्न हाम्रो प्रस्तावमा नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरि आलुखेति मल्चिङ प्रविधि मार्फत कम लागतमा बढि उत्पादन गराउने र सुन्तोला फलमा लाग्ने औंशा किरा नियन्त्रणका लागि कृषक र नगरपालिकाको ५०÷५० साझेदारिमा प्रोटिनवेट खरिद गरि उत्पादन बृद्दि गराई कृषि क्षेत्र सुधारका कार्यहरु अगाडि बढेका छन । साथै कृषक अभिमुखिकरण ,तालिम ,माटो जाँच , जस्ता कार्यहरु भैरहेका छन ।

– अन्तमा केहि भन्नु छ कि ?

तपाँईको लोकप्रिय अनलाइन मार्फत आफ्नो वडाको बारेमा जनता समक्ष जानकारी गराउन पाँउदा खुशी लागेको छ, यहाँले महत्वपुर्ण अवसर प्रदान गर्नु भएकोमा हृदयदेखि नै धन्यवाद ।

एक पटक पढ्नुहोस