After header

काभ्रेमा बृहत कृषि महोत्सवको तयारी तिव्र गतिमा

राष्ट्रपति पौडेलले उद्धघाटन गर्ने, महोत्सवमा एकलाखले अवलोकन गर्ने आयोजकको दावी

काभ्रे/ काभ्रे जिल्लाको बनेपामा बृहत् काभेपलाञ्चोक कृषि महोत्सव हुने भएको छ । यही फागुन महिनाको ४ गते देखि ७ गते सम्म कृषि महोत्सव २०८० हुन लागिरहेको हो । यही फागुन ४ गते बाट हुन लागेको कृषि महोत्सवको तयार पुरा हुन लागेको आयोजकले जनाएका छन । महोत्सव उद्धघाटन फाल्गुन ४ गते १ बजे राष्ट्रपति पौडेलले बनेपास्थित लायकू मञ्चमा गर्ने तय भएको मूल आयोजक समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जानकारी दिए ।

जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव संचालन हुन लागेको जिल्ला समवन्य समितिका प्रमुख दिपक कुमार गौतमले जानकारी दिएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी तथा बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले ‘बृहत कृषि महोत्सव’ गर्न लागिएको मुल समारोह समितिका संयोजक दिपक गौतमले जानकारी दिए ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहने उनले जानकारी दिए ।

कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी समेत गरिने भएको छ । कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने,   दर्शक÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका कृषकहरुलाई समेत नयाँ उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने महोत्सवको उदेश्य रहेको बताईएको थियो ।

जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राख्न ब्यावसायीक कृषकहरुलाई उत्कृटताको आधारमा कदर गर्दै सममान गर्ने योजना रहेको समेत कार्यक्रममा बताईएको थियो । महोत्सवका लागि प्रति स्टल २० हजार शुल्क तोकिएको र महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेनलमा जानकारी दिएको थियो ।

कार्यक्रममा महोत्सवका लागि मुल समिति, सचिवालय तथा विभिन्न उप समितिहरु गठन गरिएका छन् । फागुन ४ गते देखि ७ गते सम्म चल्ने महोत्सवमा करबी एकलाखले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी रहेको छ । महोत्सव अवधिभर महोत्सवमा जान निःशुल्क प्रवेश रहने आयोजकले जनाएका छन् ।

एक पटक पढ्नुहोस