After header

अछाममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु

धनगढी / अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएका मध्ये २ जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता रहेका उनको भनाई छ ।

अहिले प्रहरी टोली घटनास्थलतर्फ गईरहेको छ तर सडकमार्ग अवरुद्ध भएकाले पुग्न समय लाग्नसक्ने उनले जानकारी दिए । पहिरोका कारण अन्य के कति क्षेति भएको भन्ने अहिले नै एकिन नभएको उनको भनाई छ ।

एक पटक पढ्नुहोस