बङ्गलादेशको तानासाही व्यवस्था हल्लाउने त्यो क्रान्तिकारी फोटो

१० नोभेम्बर १९८७ का दुुई साता ढाका सहरका लागि निकै तनावपूर्ण थिए । राष्ट्रपति हुसैन मुहम्मद इरसादले राजधानी ढाकालाई देशका अन्य सबै हिस्साबाट अलग–अलग गराएका थिए । स्कुल, कलेज र विश्वविद्यालय बन्द गरिएका थिए । राजनीतिक विरोध प्रदर्शन र ¥यालीहरुमा प्रतिबन्ध लगाइएको थियो र इरसादले (एक सैन्य–तानशाह) आफ्नो सङ्कटकालीन शक्तिहरुको प्रयोग लोकतन्त्र समर्थक र आन्दोलनका कार्यकर्तालाई हिरासतमा लिन लागिरहेका थिए । अर्कोतर्फ विपक्षी राजनीतिक शक्तिहरुले राष्ट्रिपति पदबाट राजीनामाका लागि इरसादलाई दबाब दिन हजारौँ सङ्ख्यामा समर्थकहरु जुटाइरहेका थिए । १० नोभेम्बरको बिहान त्यसरी जम्मा भएका हजारौँ कार्यकर्तामध्ये म एक थिएँ । झन्डै ९ बजे मलाई र अन्य प्रदर्शनकारीलाई दङ्गा नियन्त्रण प्रहरीले हिरासतमा लियो ।

हामीले नराम्रो पिटाइ खायौँ । हामीलाई जनावर जसरी बाँधेर राखियो र त्यसपछि पुलिस स्टेसन लगियो । दिन ढल्दै जाँदा राजनीतिक कैदीको सङ्ख्या पनि बढ्दै गयो । पूरै ढाकामा ठाउँठाउँमा झडप जारी थियो ।
केही प्रदर्शनकारीलाई गोली पनि लागेको थियो, जसकारण उनीहरुको शरीरमा गहिरो घाउ थियो । त्यहीँनेर शवहरुबीचमा एक व्यक्ति खडा थिए, उनको नाङ्गो शरीरमा नारा लेखिएको थियो । चमकदार सेतो रङ्गमा लेखिएका ती नाराहरुले हामीमा एक किसिमको अनौठो जोश भरेको थियो । ‘सायराचार नितपत जक’ अर्थात् ‘डाउन विद अटोक्रेसी’ (निरङ्कुशता मुर्दावाद) ।

यी नूर हुसैन थिए । हामी त्यस समय उनी को थिए भनेर चिन्दैनथियौँ । हामीलाई के थाहा थिएन भने जुुन स्थानमा यी व्यक्तिमाथि गोली हानिएको थियो त्यो ठाउँकै नामकरण केही समयपछि उनकै सम्मानमा हुनेछ ।
हामीलाई यो पनि थाहा थिएन कि उनी अगाडि बढेर प्रसिद्ध हुनेछन् । उनको त्याग र बलिदान अमर हुनेछ र उनीबारे किताब लेखिनेछ । फिल्म बन्नेछ, उनको नाममा कविताहरु लेखिनेछ र हुलाक टिकट जारी हुनेछ ।
हामीलाई थाहा थिएन कि उनको मृत्युभन्दा ठीक पहिले खिचिएको उनको एक तस्बिर लोकतन्त्रका लागि हाम्रो पिढीको लामो र रक्ताम्ये सङ्घर्षको प्रतीक बन्नेछ ।

भाइ
मैले पछिल्ला ३० वर्षमा नुुर हुसैनको तस्बिरलाई धेरैपटक हेरेँ । उनी दृश्य निश्चयवाला देखिन्छन् । उनको शरीरमा लेखिएको नारामा बेग्दै चमक छ । मृत्युु हुँदा नुुर २६ वर्षका थिए ।
मृत्यको एक दिनपछि उनको तस्बिर बङ्गलादेशका अखबारको पहिलो पानामा छापिएको थियो । यसबाट एकातर्फ सरकारलाई झट्का लाग्यो, अर्कोतर्फ लाखौँ मानिसलाई प्रेरणा मिल्यो । १९८७ मा उनी र म जुन विरोध प्रदर्शनमा सहभागी थियौँ । त्यसलाई हिंस्रक तरिकाले दबाइएको थियो । तर त्यसको तीन वर्षपछि अर्को एउटा विरोध प्रदर्शन भयो र यस प्रदर्शनले राष्ट्रपति इरसादलाई झुकायो । यस प्रदर्शनमा नूर हुसैनको छविबाट प्रेरित भएका धेरै प्रदर्शनकारी सहभागी थिए ।

नूर हुसेनका भाइ

म प्रायः सोच्छु– ढाकाको एक श्रमिक परिवारमा जन्मिएका यी व्यक्तिसँग त्यस्तो के भएको थियो होला वा त्यस्तो के परिस्थिति थियो जसले उनलाई असाधारण कामका लागि प्रेरित ग¥यो होला । तानाशाहीविरुद्ध नूरको प्रेरणाले जो लडाइँ सुरु भयो, त्यसको ३०औँ वर्षमा मैले नुुरसँग जोडिएका केही प्रश्नहरुको खोजी गर्ने प्रयास गरेँ ।

नुुर हुसैनका बाबु मुजिबुुर रहमान त्यस समय ढाकाको पुरानो क्षेत्रमा अटोरिक्सा चलाउथेँ । १५ वर्षअघि नै उनको निधन भइसके पनि नूरका भाइँ अलीसँग भेटेर वास्तविकता बुझ्न सकिन्थ्यो । अली पनि नूरको जीवनका अन्तिम दिनहरुको सम्झना गर्छन् । ‘मेरा बाबु नूर राजनीतिक रूपमा सक्रिय छन् भन्ने जान्दथे । उनी प्रायः घरबाट टाढै बस्थे र राजनीतिक ¥यालीहरूमा बस चढेर जाने गर्दथे ।’

नूर जब लगातार दुुई रातसम्म घर फर्किएनन् तब माता–पितालाई चिन्ता हुनथाल्यो । १० नोभेम्बर १९८७ मा उनी सहरको एक मस्जिदमा भेटिए ।
‘आमा–बाबुले उनलाई घर फर्कन अनुुरोध गरे तर मानेनन् । पछि आउँछुु भनेर टारे,’ अली भन्छन्, ‘यो नै नूरसँग उनीहरुको अन्तिम भेटघाट थियो ।’

त्यस दिनपछि नूर प्रदर्शनकारीहरुसँगै सामेल भए । प्रदर्शनकारीहरु हिंस्रक बन्दै गए । उनीहरुले पुलिसमाथि इँटा र घरमै बनाइएको बम फ्याँके । जबाफमा पुलिसले उनीहरुमाथि अश्रुु ग्याँस हान्यो, गोली वर्षायो । नूर हुसैनसहित तीन जना गोलीले गम्भीर घाइते भए । घाइते हुनेको सङ्ख्या दर्जनौँ थियो ।

नूरलाई गोली लागेको खबर भोलिपल्ट दिउँसो मात्र उनको परिवारले प्राप्त गरेको थियो । खबर थाहा पाउनसाथ नूरका बाबु मुजिबुुर र भाइ अली नूरले विरोध प्रदर्शन गरेको ठाउँमा पुुगेका थिए । त्यसपछि उनीहरु उटापुलिस अस्पतलामा पुुगे । अन्त्यमा नूरलाई पुलिस स्टेसन लगेको थाहा पाए ।

पुलिस स्टेसनबाहिर उभिएका कर्मचारीले उनीहरुलाई भित्र जान दिएन । तर ‘स्टेसनभित्र शरीरमा प्यान्ट मात्रै लगाएको व्यक्तिको शव छ’ भन्ने जानकारी दिए । यो शव परिवारलाई दिँदा दङ्गा भड्कन सक्ने पनि उनीहरुले बताएका थिए ।

नूरको हत्यका लागि कहिल्यै कुनै अधिकारीलाई आरोपित गरिएन । जनरल इरसादको कार्यकालमा कुनै पनि अधिकारीमाथि कुनै आरोप लागेन । जबकि प्रदर्शनका क्रममा पुलिसको कारबाहीमा सयौँ प्रदर्शनकारीको मृत्युु भएको थियो ।

मैले अलीसँग सोधेँ, ‘तपार्इंको भाइको शरीरमा त्यस्तो नारा कसले लेखेको थियो ? तपाईंलाई केही थाहा छ ?’
अलीका अनुसार इकराम हुसैन नामका व्यक्तिले यस्तो नारा पेन्ट गरिदिएका थिए । रोचक कुरा, इकराम त्यस समय राष्ट्रपति इरसादको स्टाफ क्वाटरमै बसेका थिए र उनका दाजुु राष्ट्रपतिका दूत थिए ।
यति भनेपछि अलीले मलाई इकरामको नम्बर दिए ।

द पेन्टर
मैले इकरामलाई फोन गरेँ । उनले आफूले नै नूरको शरीरमा ती नारा लेखेको बताए । वर्ष १९८७ मा इकराम १८ वर्षका युवा थिए । उनी एक साइनबोर्ड आर्टिस्ट थिए । आफ्ना दाजुुसँग बङ्गभवनमा बस्थे ।
मोतीझिल इलाकामा उनको एउटा सानो पसल थियो । त्यहाँ प्रायजसो साइनबोर्ड पेन्ट गर्ने र ब्यानर बनाउने गरिन्थ्योँ ।

इकरामले भने, ‘म नूर हुसैनलाई अनुहारले नै चिन्नसक्थेँ । उनी कार्यालयको पुरानो फर्निचर बेच्ने एक कम्पनीमा काम गथ्र्ये । यद्यपि हामीबीच धेरै कुराकानी भएको थिएन ।’
९ नोभेम्बरमा पनि अन्य दिनझैँ इकराम आफ्नो काममा लागिरहेका थिए र बेलुकी ५ बजेपछि आफ्नो पसल बन्द गर्नै लागेका थिए । तर पसल बन्द हुनअघि नूर हुुसैन उनी भएठाउँ पुगे । एक अनुरोध लिएर नूर उनीसामु पुगेका थिए ।

इकराम हुसेन

इकरामले भने, ‘उनले मलाई नजिकैको गल्लीमा लिएर गए । त्यहाँ पुगेर उनले त्यस गल्लीको पर्खालमा चकले केही नारा लेखे । त्यसपछि उनले आफ्नो सर्ट उतारे र मसँग आफ्नो शरीरमा नारा लेखिदिन भने ।’
इकराम त्यस समय निकै डराएका थिए । उनी भन्छन्, ‘मैले उनलाई म यस्तो गर्न सक्दिनँ भने । मेरा दाजु राष्ट्रपतिका दूत हुन् र हामी समस्यामा पर्नेछौँ । तपाई गिरफ्तार हुनसक्नुहुन्छ र मारिन पनि सक्नुहुन्छ ।’
तर नूर पूरै तरिकाले तयार भए, आफ्नो मन पक्का गरेर आएका थिए । उनले इकरामलाई भने, ‘चिन्ता नगर्नुस् किनभने भोलि यस्ता सयौँ मानिस हुनेछन् जसको शरीरमा यही नारा लेखिएको हुनेछ ।’
इकरामले नूरको शरीमा दुुईवटा नारा लेखेका थिए ।

छातीमा लेखिएको थियो– ‘सायराचार नितपत जक’ जसको अर्थ निरङ्कुशता मुर्दावाद हुन्छ । पिठ्युँमा लेखिएको थियो– ‘गोनोटोन्ट्रा मुक्ति पाक’, जसको अर्थ ‘लोकतन्त्रलाई मुक्त हुन दिनुस्’ भन्ने हुन्छ ।
इकरामले यी नारा लेखिसकेपछि दुुई पूर्णविराम पनि लाए । सयौँ मानिसका सामुुन्ने पनि आफूले लेखेको नारा आफैले पहिचान गर्न सकियोस् भनेर यस्तो गरेको उनी बताउँछन् ।

तर भोलिपल्ट सडकमा केवल एक व्यक्ति मात्रै त्यस्तो थियो जसको शरीरमा नारा लेखिएको थियो । उनी फोटोग्राफर्सहरुको नजरमा परिसकेका थिए । तर भीडमा सबैको ध्यान आफूतर्फ आकृष्ट गर्ने यी व्यक्ति केही समयपछि नै सदाका लागि निदाए ।

फोटोग्राफर
पावेल रहमानले बताएअनुसार उनले नूर हुसैनलाई केवल पछाडिबाट देखेका थिए । म रहमानसँग ढाकाको एक अखबारमा काम गर्थें । उनले बितेका ५० वर्षदखि फोटोग्राफी गरिरहेका थिए । त्यस दिन नूर हुसैनलाई देखेर उनको हृदयको धड्कन पनि तेज भयो । रहमानले भने, ‘मैले त्यसअघि कुनै पनि प्रदर्शनकारीले शरीरमा नारा लेखेर प्रदर्शन गरेको देखेको थिइनँ । ती व्यक्ति सयौँको भीडमा गायब हुनअघि मैले पछाडिबाट दुुई पटक एक भर्टिकल र एक होरिजेन्टल तस्बिर खिच्ने मौका पाएँ । उनले छातीमा पनि नारा लेखेका छन् भन्ने मलाई थाहा थिएन ।’

त्यस रात रहमान आफ्नो रिलबाट तस्बिर बनाइरहेकाबेला उनीसँगै काम गर्ने एक व्यक्तिले भने, ‘यो तस्बिर जसको हो, ती प्रदर्शनकारीको मृत्यु भइसक्यो ।’
रहमानले भने, ‘यो थाहा भएपछि तस्बिर छाप्ने विषयमा केही बहस भयो । तस्बिर छाप्नुहुन्छ वा हुँदैन भन्नेबारे । मेरा सम्पादकलाई यो कार्य निकै जोखिमपूर्ण काम लागिरहेको थियो । यसलाई लिएर सरकारले कडा कदम चाल्न सक्ने उनको अनुमान थियो । यद्यपि अन्त्यमा हामीले तस्बिर छाप्ने फैसला ग¥यौं ।’

रहमान सम्झन्छन्, ‘तस्बिर छापिएपछि राष्ट्रपति इरसाद निकै आक्रोशित थिए र केही दिनसम्म म लुक्नुपरेको थियो ।’ रहमानले खिचेको तस्बिर पूरै देशमा फैलिसकेको थियो र यो एक पोस्टर नै बनिसकेको थियो ।
तर दीनु आलमले अगाडिबाट तस्बिर खिचेका हुन्थेनन् भने यी पोस्टर–म्यान को हुन् भन्ने विषय पत्ता लाग्ने थिएन । दिनु भन्छन्, ‘मैले अगाडिबाट उनका केही सट लिएँ । म तल सुतेर केही बेरसम्म उनका तस्बिर लिइरहेको थिएँ । तर मलाई उनको पिठमा पनि नारा लेखिएको छ भन्ने कुराको अन्दाज नै थिएन ।
दीनु भन्छन्, ‘सायद मैले नूरको आखिरी क्षणहरुका तस्बिर क्यामेरामा कैद गरेको थिएँ ।’

रातको पहरेदार
भोलिपल्ट जब इकराम हुसैनले अखबारको पहिलो पान्नामा तस्बिर देखे तब उनी निकै दुखित भए । उनले आफैलाई नूर हुसैनको मृत्युको दोषी मानिरहेका थिए ।
इकराम भन्छन्, ‘मलाई के लाग्यो भने मैले उनको शरीरमा नारा नलेखेको भए सायद उनी जिउँदो हुन्थे ।’ आफैलाई सुरक्षित राख्नका लागि इकराम धेरै वर्षसम्म पुुलिस प्रशासनसँग लुक्दै बसे । तीन वर्षपछि जब तानाशाह राष्ट्रपति इरसादको पतन भयो त्यसपछि बल्ल इकरामले आफूलाई सुरक्षित ठाने । यसपछि उनी नूरको परिवारसँग पनि भेट्न गए अनि पूरा कहानी बताए ।

नूूरको परिवारलाई भेटेर उनी रुन थाले र माफी पनि मागे । तर नूरका पिताले उनलाई अङ्कमाल गरे । उनले इकरामसँग भने, ‘तिमी मेरो छोराजस्तै हौ । हामीले नूर हुसैन गुमायौँ तर तिमी अब मेरो छोरा हौ । तिमी र नूरकै कारण अब हामी लोकतन्त्रमा छौँ ।’

मुजिबुर र उनकी पत्नी मरियम बीबीलाई नूरको शवबारे एक सातापछि थाहा भयो । पुलिसले उनका छोरालाई ढाका प्रदर्शनका क्रममा मारिएका अन्य दुुई प्रदर्शनकारीसँगै एक गुमनाम चिहानमा गुुपचुप तरिकाले गाडिदिएको थियो । त्यसपछि जो व्यक्तिले उनको शवलाई गाड्नका लागि तयारी गरेका थिए उनले नै नूरको परिवारलाई यसबारे सूचित गरे । मैले जुरियन चिहान रेखदेख गर्ने व्यक्तिसँग भेटे । यो त्यही चिहान हो जहाँ नूरलाई गाडिएको थियो । जब म उनलाई भेट्न पुुगेँ तब मैले सबैभन्दा पहिले ‘त्यस रातमा के भएको थियो भन्नेबारे केही याद छ ?’ भनेर सोधेँ ।

आलमगिर नामका यी व्यक्तिले भने, ‘जब उनीहरु यहाँ आए, त्यतिबेला रातको लगभग साढे दुुई बजिसकेको थियो । म रातको पहरेदारी गर्दै थिएँ तर मैले अरू पनि धेरै काम गर्नुपर्ने थियो… । चिहान खन्नु थियो, शवलाई स्नान गराउनु थियो र मुर्दाको अन्त्येष्टि गर्नुु थियो ।’

आलगिरले ती व्यक्तिहरुलाई के भनिदिएका थिए भने उनी राति ११ बजेपछि आएका मुर्दालाई अन्त्येष्टि गर्दैनन् । यद्यपि ती व्यक्तिहरुले आफूहरु सरकारी व्यक्ति भएको बताएपछि आलमगिरले शवलाई स्नान गराए र गाड्नका लागि तयार गरे । अन्य व्यक्तिहरुले मुर्दाका लागि चिहान खने । आलमगिर स्मरण गर्छन्, ‘उसको शरीरमा गोलीको एक प्वाल थियो, छातीमा लेखिएको नाराको ठीक तलपट्टी ।’
नूको निधनको धेरै वर्षपछि उनका बाबुु–आमालाई भेट्न एक त्यस्ता व्यक्ति आए जसको उनीहरुले कल्पना गरेका थिएनन् । ती व्यक्तिले उनीहरुसँग भेटघाटका लागि वर्षौं प्रतीक्षा गरेका थिए । १९९७ मा जनरल इरसाद सात वर्ष जेल बसेर रिहा भए अनि उनी नूरका बाबुु–आमालाई भेट्न र माफी माग्न उनीहरुको घरमा आए ।

त्यस दिन सम्झँदै अली भन्छन्, ‘उनले मेरा बाबुलाई भनेका थिए, ‘यदि तपाईको छोरा ज्युँदो भएको भए जसरी तपाईंको हेरविचार गर्ने थियो म त्यसरी नै तपाईंको ख्याल राख्ने कोसिस गर्नेछुु ।’
यस भेटघाटपछिका केही वर्षसम्म इरसाद परिवारको सम्पर्कमा रहे र उनले कहिलेकाहीँ पैसा पनि पठाए । तर जुन दिन ढाका विश्वविद्यालयमा मुजिबुरले आफ्नो छोराको स्मारकमा खडा भएर ‘तानासाही नफर्कने’ भाषण दिए त्यसपछि इरसादका तर्फबाट हुने हरेक सहयोग र पहल बन्द भयो । अलीका अनुसार यस कुराले इरसाद निकै रिसाएका थिए र त्यसपछि उनले नूर र अलीका बाबु मुजिबुरसँग कहिल्यै सम्पर्क गरेनन् ।

जनरल इरसाद
नूरको मृत्युको एक दशकभन्दा पनि लामो समयपछि मैले जनरल इरसादलाई भेटेँ । १९९९ मा इरसाद विपक्षमा थिए र जनसमर्थन फिर्ता पाउनका लागि देश यात्रा गरिरहेका थिए । म उनीसँगै बङ्गलादेशको दक्षिणमा एक नदीमा पुुगेँ । उनका एक सहयोगीले मेरोबारे भनेका रहेछन् ‘उनी छात्र जीवनमा एक कट्टरपन्थी कार्यकर्ता थिए र जेल पनि गएका थिए ।’ खाजा खानेक्रममा जिस्कँदै इरसादले भनेका थिए, ‘मैले सुनेको छु, तपाईं एक क्रान्तिकारी हुनुहुन्थ्यो ।’

अघिल्लो वर्ष जनरल इरसादको निधन भयो । उनी एक आकर्षक व्यक्तित्व थिए तर उनका धेरै रूप थिए । उनी १९८२ मा एक रक्तहीन सैन्य ‘कूू’ गरेर सत्तामा आए । उनले संसारभरका तमाम सैन्य शासकले जसरी नै भ्रस्टाचारसँग लड्ने, सत्तामा सुधार ल्याउने र राजनीतिलाई सफा बनाउने सङ्कल्प गरेका थिए । उनले धार्मिक रुढीवादीहरुलाई खुसी बनाउनका लागि धर्म–निरपेक्ष संविधानको मूल रूप बदलेर इस्लामलाई बङ्गलादेशको राज्य धर्म बनाइदिए ।

१९८६ मा मतदाता धाँधलीको आरोपले उनको चुनावी जित विवादको घेरामा तानिएको थियो । जनरल इरसादले सत्तामा बस्दा देशको संविधान र संसद्लाई निलम्बित गरेका थिए र राजनीतिक विरोधीहरुमाथि कडा कारबाही गरेका थिए । यसपछि १९८७ मा विरोध प्रदर्शनहरुलाई हिंस्रक तरिकाले दबाउन पनि उनकै सत्ताको हात थियो । जसकारण, म जेल जानुुप¥यो । १९९० मा ठूलो रूपमा भड्किएको विद्रोहका कारण उनले बाध्य भएर राष्ट्रपति पदबाट राजीनामा गर्नुप¥यो । केही दिनपछि उनलाई पक्राउ गरियो । त्यस दिन ढाकाको सडकमा हजारौँ मानिसको मार्च निस्किएको थियो । मानिसहरु सडकमा रमाइलो गर्दै थिए, नाच्दै र गाउँदै थिए । १९७१ सालमा स्वतन्त्रता प्राप्तिपछि बङ्गलादेशमा यस्तो कहिल्यै देखिएको थिएन । यस्तो लाग्थ्यो यो एक नयाँ बिहानी हो । तर यो लामो समयसम्म रहेन । दुुई मुख्य पार्टीहरु आवामी लिग र बीएनपी चाँडै नै सत्ताको लडाइँमा होमिए । त्यसपछिका केही दशकसम्म उनीहरु बराबरजस्तो सत्तामा आए र उनीहरुले पनि कम–बढी त्यस्तै तरिका अपनाए जो पहिले थियो ।

बङ्गलादेशमा सत्ताको यो कुुरूप तस्बिर ती व्यक्तिहरुका लागि विशेषगरी पीडादायी थियो जसले जनरल इरसादको शासनविरुद्ध एक लामो लडाइँ लडेका थिए । १९९० का दौरान अनुुभवी नसिर उद डोजाले भने, ‘हामीले आफ्नो जीवनको सबैभन्दा उर्वर समय लोकतन्त्रका लागि लड्नमा खर्च गरेका थियौँ । म ती राजनेताहरुलाई कहिल्यै माफ गर्दिनँ जसले आफ्नो स्वार्थका लागि हाम्रा सपना कुुल्चिए ।’ नसिरलाई मैले पहिलो पटक १९८७ मा त्यस गाडीमा भेटेको थिएँ जसमा कोचेर हामीलाई प्रहरी स्टेसन लगिँदै थियो । इकराम हुुसैन विगत सम्झदै भन्छन्, ‘बङ्गलादेशले केही समयका लागि अँध्यारो रातमा पूर्णिमाको जुन जसरी लोकतन्त्रको खुब मज्जा लियो ।’
उनी सोध्छन्, ‘अब लोकतन्त्र कहाँ छ ?’

इकराम अहिले पनि साइनबोर्ड बनाउँछन् । यद्यपि अबको उनको काम धेरै हदसम्म डिजिटल भइसकेको छ । अब उनलाई इनामेल पेन्ट निकै कम आवश्यक पर्छ । हटकोला रोडस्थित उनको सानो पसल राष्ट्रपति निवासबाट केवल केही सय मिटरको दूरीमा छ, जहाँ उनी साल १९८७ मा थिए । इकरामको पसलबाट केही दूरीमा त्यो गल्ली छ, जहाँ उनले नूरको शरीरमा ती नारा लेखेका थिए । ती स्थान पनि त्यति धेरै टाढा छैन, जहाँ नूरलाई गोली हानिएको थियो । अहिले त्यस ठाउँलाई ‘नूर हुुसैन स्क्वायर’ भनिन्छ । नूरको शरीरमा नारा लेख्दाको पुरानो कुरा सम्झन अझै पनि इकरामलाई सङ्कोच लाग्छ । उनी भन्छन्, ‘त्यो मेरो सबैभन्दा राम्रो हेन्डराइटिङ थिएन । तर मैले आजसम्म लेखेको सबैभन्दा राम्रो चिज थियो ।’

एक पटक पढ्नुहोस