राष्ट्रियसभाको अध्यक्षमा वाम गठबन्धनको तर्फबाट सांसद गणेशप्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गरेका छन् ।
एमालेका पोलिटव्यूरो सदस्यसमेत तिमल्सिना प्रदेश ४ बाट राष्ट्रिय सभाका सांसद बनेका थिए । राष्ट्रिय सभामा कुल ५९ जना सांसद रहेका छन् ।
जसमध्ये ५६ जनाले मात्र मतदान प्रकृयामा सहभागिता जनाउने छन् । एमालेबाट २७, कांग्रेस १३, माओवादी १२, फोरम र राजपाका २-२ जना सांसद रहेका छन् ।