प्रचण्डलाई अवसरसँगै चुनौती पनि, यस्ता छ ५ अवसर

चितवन, २४ कात्तिक- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार छन् । गृह जिल्ला चितवन भए पनि यसअघि प्रचण्डले विगतका दुई संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौं र सिरहाबाट प्रतिस्पर्धा गरे ।

यसपटक उनले गृह जिल्ला चितवन रोजेका छन् । एमाले–माओवादी केन्द्रकोे गठबन्धनका साझा उम्मेदवार बनेका प्रचण्डलाई चितवनबाट विजयी बन्न जति अवसर छन्, त्यति नै चुनौती पनि देखिएका छन् ।

 

गत स्थानीय तह निर्वाचनको मत आँकलनमा चितवन–३ मा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार बढी मतले अगाडि छ । भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ ।

यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन्छ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ जोड्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४ सय ६४ पुग्छ ।

यता भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३ सय ४१ जोड्दा ३५ हजार ३ सय ७ हुन्छ ।

 

प्रचण्ड नेपाली राजनीतिमा एक प्रभावशाली नेताका रूपमा परिचित छन् । राष्ट्रिय राजनीतिमा सधैं चर्चामा रहने र पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री हुनुका नाताले उनीप्रति मतदातामा आकर्षणसँगै उत्साह छ, राजधानी दैनिकमा खबर छ ।

 अवसर

स्थानीय तहमा ७ हजार मतले अगाडि हुनु

राष्ट्रिय नेताको प्रभाव

महानगरमा आफ्नै नेता

एमालेको दरिलो साथ

गृह जिल्ला

 चुनौती

बाँदरमुढे घटना

समीकरण परिवर्तन

बलिया प्रतिस्पर्धी

कांग्रेस पकड क्षेत्र

थपिएका मतदाता

 

एक पटक पढ्नुहोस