एकल संक्रमणीय कि बहुमतीय ? सिट बढाउने दाउ

काठमाडौँ, ५ पुस- राष्ट्रिय सभा सदस्य चयनका लागि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवाद टुंगोमा नपुग्दा संघीय संसद्को माथिल्लो सदनको निर्वाचन मात्र होइन, प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा र नयाँ सरकार गठनका काम नै अवरुद्ध छन् । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय वा बहुमतीय भन्नेमा विवाद चर्किए पनि यसको मूल चुरो निर्वाचन प्रणालीका गुण–दोष नभई त्यसबाट आउने परिणामको आकलन नै हो ।

एकल संक्रमणीय प्रणाली लागू भए राष्ट्रिय सभामा ९ देखि १४ सिट सुरक्षित गर्न सकिने कांग्रेसलाई लागेको छ भने बहुमतीय प्रणालीमा गए ती सिट पनि आफ्नै भागमा पर्ने वाम गठबन्धनको बुझाइ छ । विज्ञहरु भने जुनै प्रणाली स्वीकार गरिए पनि समानुपातिक–समावेशी प्रतिनिधित्वमा ताफ्विक फरक नपर्ने बताउँछन्, कान्तिपुरमा खबर छ  ।

एक पटक पढ्नुहोस