छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने परम्परा

झापा, १९ कात्तिक- छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ ।
पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो थातथलो नै त्याग्नुपर्‍यो, अन्न्पूर्ण पोस्टमा खबर छापिएको छ । ।
बेस्रा दम्पती सन्थाल समुदायमा नौलो पात्र होइनन् । सन्थाल जातिमा घरज्वाइँ राख्ने परम्परा परापूर्वकालदेखिकै हो । ‘हामी छोरी अर्काको घरमा पठाउँदैनौं । ज्वाइँ ल्याएर घरजम गर्ने गर्छौं,’ झापा सरणामतीका ३० वर्षीय मुन्सी बासकीले भने । ‘अन्य जातिले छोरी अन्माएर कुटुम्बलाई दिइन्छ तर यो समुदायमा फरक प्रचलन छ,’ झापाका कांग्रेस नेता टंक विश्वकर्माले भने ।

 

एक पटक पढ्नुहोस