२४ कात्तिकबाट फिल्डमा म्यादी , बैंकबाट तलबभत्ता

काठमाडौं, १९ कात्तिक- सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि २४ कात्तिकबाट म्यादी प्रहरी परिचालन गर्ने भएको छ । २४ कात्तिकमा छनोट सकिएपछि उनीहरूलाई खटाइनेछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मागभन्दा बढी आवेदन परेकाले जिल्लाजिल्लामा उनीहरूको छनोट भइरहेको छ । ‘जिल्लाजिल्लामा छनोट भइरहेको छ, २४ कात्तिकमा छनोट सकिएपछि आवश्यक निर्देशन दिएर जिल्ला सुरक्षा समितिको योजना मुताबिक उनीहरूलाई कार्यक्षेत्रमा खटाइनेछ,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले भने ।

म्यादी प्रहरीले नेपाल प्रहरीलाई सहयोग गर्नेछन् । प्रत्येक मतदान केन्द्रमा म्यादी प्रहरीलाई नेपाल प्रहरीको सहयोगीका रूपमा खटाइनेछ । छनोट सकिएपछि उनीहरूलाई सामान्य सुरक्षा प्रशिक्षण दिइनेछ, राजधानी दैनिकमा खबर छ ।

 

निर्वाचन सुरक्षामा भर्ना गरिएका म्यादी प्रहरीले पोसाक भत्ता नगदमै पाउने भएका छन् । पोसाक खरिददेखि सिलाइसम्मको प्रक्रियामा आर्थिक अनियमितता हुन नदिन प्रहरी प्रधान कार्यालयले देशभरका म्यादी प्रहरीलाई तलब–भत्ता, रासन र पोसाक खर्चबापतको रकम बैंक खातामार्फत उपलब्ध गराउने भएको छ ।

 

एक पटक पढ्नुहोस