अहिले अस्पताल आउजाउ गर्न सहज छैन । त्यही कारण सानोतिनो समस्या हुँदा कतिपयले आफुखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले प्यारासिटामोलको प्रयोग जथाभावी रुपमा गरेको पाइन्छ ।
बजारमा सजिलै उपलब्ध हुने र यसको खासै कुनै तुरुन्त साइड इफेक्ट नहुने भन्ने ठानेर पनि मानिसहरु सिटामोललाई रोग निको पार्ने सजिलो उपायको रुपमा प्रयोग गर्छन् । तर कम समयको लागि प्रयोग गरिने यस्तो औषधिको निरन्तर सेवनले गंभिर समस्या समेत निम्त्याउँछ । यसको अत्याधिक प्रयोगले मिर्गौला, कलेजो लगायत शरीरका विभिन्न अंगहरुमा गम्भीर असर पुग्ने गर्छ ।
