After header

महालक्ष्मी–१० नारानडाँडामा सामुदायिक सहकारीको सदस्य अन्तरक्रिया सम्पन्न

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–१०, नारानडाँडामा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुशादेवी सेवाकेन्द्रको आयोजनामा सदस्य अन्तरक्रिया कार्यक्रम (विस्तारित मञ्च) सम्पन्न भएको छ । २०८३ असोज १५ गते आयोजित कार्यक्रममा सेवाकेन्द्रका खजाञ्ची अन्जु गौतमले संस्थाको समग्र गतिविधि, सदस्यलाई उपलब्ध गराउँदै आएका सेवा तथा सुविधाका विषयमा जानकारी गराएकी थिइन् ।

उनले सहकारीले सदस्यको आवश्यकता र हितलाई केन्द्रमा राखेर सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमबारे जानकारी दिँदै सदस्यहरूबाट उठेका जिज्ञासाको समाधान समेत गरेकी थिइन् ।कार्यक्रममा सहभागी सदस्यहरूले संस्थाका सेवा, सुविधा तथा आगामी कार्यक्रमका विषयमा जिज्ञासा राखेका थिए ।

अन्तरक्रिया मार्फत सदस्य र संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।कार्यक्रममा कुशादेवी सेवाकेन्द्रका कर्मचारीहरू प्रमोद दाहाल, अन्जु गौतम र निर्मला पोखरेलसहित २१ जना सदस्यहरूको सहभागिता रहेको थियो । सहकारीले यस्ता सदस्य अन्तरक्रिया कार्यक्रम मार्फत सदस्यका समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा बुझ्ने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको जनाएको छ ।

एक पटक पढ्नुहोस