After header

गर्भपतनसम्बन्धी मुद्दामा फरार विष्णु ठिमीबाट पक्राउ

काठमाडौं । गर्भपतनसम्बन्धी मुद्दामा फरार रहेका संखुवासभाका विष्णु श्रेष्ठ पक्राउ परेका छन् । उनलाई २० वर्षपछि प्रहरीले आज पक्राउ गरेको जनाएको छ । संखुवासभाको पाँचखाल नगरपालिका–६ का ५६ वर्षीय विष्णुलाल श्रेष्ठ २० वर्षदेखि फरार रहेका थिए । उनलाई बुधबार बिहान १० बजेतिर जिल्ला प्रहरी परिसर काठमाडौंको टोलील भक्तपुरको ठिमीबाट पक्राउ गरिएको हो ।

गर्भपतनसम्बन्धी मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २२ असोज २०६३ मा २ वर्ष कैदको फैसला सुनाएको थियो । परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाइएको छ ।

एक पटक पढ्नुहोस