After header

‘गिद्ध मृत्युको घटनाको उच्चस्तरीय छानविन गर’

१० वैशाख, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।

अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेको हो ।एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी नवलपरासीमा गिद्ध र काभ्रेमा कुकुरलाई अमानवीय ढंगले मारिएको घटनाप्रति खेद व्यक्त गरेका छन् । उनले पशु कल्याणको आधारभूत पक्षमा ध्यान पुर्याउन समेत सबै सरोकारवालामा अपील गरेका छन् ।

एक पटक पढ्नुहोस