फिल्म ‘ड्रम गर्ल’ अभिनेत्री नुसरत भरुचा फेसन सेन्स राम्रो भएकी अभिनेत्री हुन् । उनी हर हमेसा बोल्ड तस्विरका कारण समेत चर्चामा छाउने गर्छिन् । कयौं पटक बोल्ड लुक्सका कारण उनले दर्शकको तारिफ पाएकी छन्, कहिले ट्रोलको सामना गर्नु परेको अनुभव पनि छ ।
हालै नुसरतका केही तस्बिर इन्टरनेटमा छाएका छन् । तस्बिरमा उनी डीप नेक सेटो टप र जीन्सका साथ क्लासी लुक्समा देखिएकी छन् । पहिरनका साथ अभिनेत्रीले स्ट्रेट शेयर र रातो लिपस्टिकले आफ्नो लुक्स कम्प्लीट गरेकी छन् ।
यो लुक्ुमा उनले विभिन्न पोजमा तस्बिर खिचाएकी छन् । फ्यानले उनका तस्बिर निकै रुचाएका छन् । कामको कुरा गर्ने हो भने नुसरत अक्षयकुमारको फिल्म ‘रामसेतू’ मा देखिँदै छिन् । फिल्ममा ज्याकलीन फर्नाडिसको समेत मुख्य भूमिका रहेको छ । ‘रामसेतू’ को अलवा उनी सनी कौशलको एक फिल्ममा पनि देखिनेछिन् ।
