आज २०७८ भदौ ३० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. राष्ट्रिय भूमि आयोग गठन
सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि आयोग गठन गरेको छ । पूर्ववर्ती एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेको सरकारले मंगलबार नयाँ आयोग गठन गरेको हो ।
यो पनि
केशव निरौलाको नेतृत्वमा राष्ट्रिय भूमि आयोग गठन, उपाध्यक्षमा खड्का
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आममाफी र बाँकी सजाय मिनाहाको सिफारिस पठाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसका अवसरमा ५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद मिनाहा र ७ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
