After header

इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति

नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति दिइएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

तामाङमाथि संगठित अपराधमा अनुसन्धान भैरहेको महतो बताए । उनीमाथि ११२६ वटा जाहेरी र ४ अर्ब ६१ करोड बिगो दाबी गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि पक्राउ गरेको थियो ।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

एक पटक पढ्नुहोस