After header

बैंक तथा बित्तिय क्षेत्रको बिज्ञ मा डा. पोख्रेल नियुक्त !

अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय क्षेत्रको विज्ञको रुपमा डा सालीकराम पोखरेललाई नियुक्त गरेका छन्।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान बिभागमा कार्यरत राष्ट्र बैंकका उप- निर्देशक पोखरेललाई मन्त्री शर्माले अर्थ मन्त्रालयको आर्थिक बिज्ञको रुपमा नियुक्त गरेका हुन्।

डा पोखरेल नेपालको आन्तरिक उत्पादन वृद्धि, अर्थतन्त्रको दिगो बिकास लागी साना मझौला तथा घरेलु उद्द्योग र लघुबित्त व्यवस्थापनमा विज्ञको रुपमा परिचित छन्।

दश बर्ष भन्दा बढी नेपाल राष्ट्र बैंकको अनुसन्धान विज्ञ रहेर मौद्रिक निती लेखन तथा नितिगत ब्यबस्था सुधारका लागि उल्लेख्य काम गरेका छन्।

आर्थिक क्षेत्रका अध्येता मानिने डा पोखरेलका आर्थिक बिषयमा लेखिएका  थुप्रै लेखहरु राष्ट्रिय तथा अन्तराराष्ट्रिय जर्नलहरुमा प्रकाशित समेत भएका छन ।

अर्थ र बैङ्किङ् क्षेत्रका विज्ञका रुपमा परिचित डा पोखरेलसंग कर्णाली प्रदेशमा नेपाल राष्ट्र बैंकको पहिलो प्रदेश प्रमुख रुपमा समेत दुई बर्ष काम गरेरे अब्बल  अनुभव छ।

एक पटक पढ्नुहोस