After header

कांग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरण मतदान : जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा

नेपाली कांग्रेस सिन्धुपाल्चोकमा नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेका कारण फेरि मतदान हुने भएको हो।

पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशतर प्रेमध्वज लामाले ४ सय ९३ (२६.९८ प्रतिशतमत प्राप्त गरे । राति अबेर सकिएको मतगणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।

दोस्रो चरणमा जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् । कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेको छ ।

एक पटक पढ्नुहोस