प्रमुख पार्टीहरूले स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम अगाडि बढाएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू कार्यक्रमका साथ गाउँ गाउँ पसेका हुन् ।सत्ताको नेतृत्वको गरेको नेपाली काँग्रेसले आइतबारबाट ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान थालेको छ । यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक चरणको प्रदेशस्तरीय प्रशिक्षण सकेको छ ।यता माओवादी केन्द्र प्रदेश प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने नेकपा एकीकृत समाजवादी पनि आन्तरिक तयारीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी चुनावीसभा नै थालिसकेको छ भने विवेकशील साझा पनि चुनावी रणनीति बनाइ रहेको छ ।

स्थानीय चुनाव : प्रमुख दलहरू पसे गाउँतिर
एक पटक पढ्नुहोस