काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत भएका छन् ।
गत फागुन ३ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबमोजिम पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत गरेका हुन् ।
