After header

दुइ पुस्तक लोकार्पण गदै स्रष्टाहरुलाई सम्मान

बिकुनारायण ताम्राकार
पनौती÷ साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित तृष्णा मा अल्झिएको जीवन निबन्ध संग्रह र जीवन एक यात्रा अनेक कविता संग्रहको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले लोकार्पण गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले दुबै कृति पठनीय भएको बताउदैे हाम्रो पहिचान भनेको संस्कृति रहेको बताए । त्यस्तै साहित्यकार ध्रुब मधिकर्मी, साहित्यकार सूर्यप्रसाद लाकोजूले पुस्तकका बारेमा आफ्नो विचार व्यक्त गर्दै पुस्तकहरू पठनीय रहेको बिचार ब्यक्त गरे ।

कार्यक्रममा साहित्यकार ध्रुबनारायण जोन्छें लाई उहाँको शैक्षिक तथा साहित्यिक कर्मका लागि कदरपत्र बाट सम्मानित गरिएको थियो । कार्यक्रममा लेखक तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, बटुक कृष्ण, पवन बनेपाली, गीता दाहाल लगायतले मन्तब्य राखेका थिए । हरेक वर्ष प्रदान गर्दै आएको अक्षरमार्ग स्रष्टा सम्मान यो वर्ष पनि प्रदान गरिएको छ । अक्षरमार्गले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नेपाल र छिमेकी देश भारतका साहित्यसेवीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट रोचक घिमिरे, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट गंगा सुबेदी , नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मानबाट डा शैलेन्दुप्रकाश नेपाल, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान श्रीराम श्रेष्ठ सम्मानित भएका थिए । साथै कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानः डा साधना पन्त प्रतिक्षा, ध्रुबमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान डा विजय पण्डित, भारत, अक्षरमार्ग भरतराज काभ्रेली सम्मान, तुयुकाजी ताम्राकार तथा खड्गबेद अक्षरमार्ग सहयात्रा सम्मान, विजय राम कर्माचार्यलाई प्रदान गरिएको थियो । उनीहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानका कुलपति के के कर्माचार्यले सम्मान समर्पण गरेका थिए ।

कार्यक्रममा कवि सूर्य लाकोजूको घाम फुल्ने यामको दोस्रो संस्करण र मकर मेला अफ पनौतीको दोस्रो संस्करणको लोकार्पण गरिएको थियो । अक्षरमार्गबाट प्रकाशित कथामा समवेत स्वरहरू र कृष्णप्रसाद सिटौलाको कविता संग्रह मनकुसुमको पनि विमोचन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि के के कर्माचार्यले अक्षर कर्म अविनाशी कर्म भएको विचार पोखेका छन । कार्यक्रममा सम्म्मानित स्रष्टा रोचक घिमिरे, साहित्यकार मोहन दुवाल, सूर्य लाकोजू, रामसुन्दर देउजा लगायत ले आ आफ्ना विचा ब्यक्त गरेका थिए ।

 

एक पटक पढ्नुहोस