After header

बेथान्चोकको लक्ष्मीनारायण मन्दिरमा भागवत सप्ताह हुँदै, गुरुकुल स्थापनादेखि वैष्णव पार्क निर्माणसम्मको लक्ष्य

काभ्रे । लक्ष्मी नारायण मन्दिर ब्यवस्थापन समिति मसिंर २३ देखि २९ गतेसम्म भागवत सप्ताह आयोजना गर्ने भएको छ । बेथान्चोक वडा नम्वर ३ गैह्भिन्ज्याङमा गुरुकुल स्थापनार्थ भवन निर्माण र जग्गा खरिद गर्ने प्रयोजनका लागि भागवत सप्ताह आयोजना गर्न लागिएको हो ।
सप्ताहका लागि पण्डित गुरु श्रीनिवास अधिकारीको संयोजकत्वमा भागवत आयोजक मुल समारोह समिति गठन गरिएको छ । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित भेलामा बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी अध्यक्ष र उपाध्यक्ष तारा राना तिमल्सिना लगायतका ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

भेलाले मुल समारोह समितिको संरक्षक गाउँपालिका रहने गरी भागवत सप्ताह मुल आयोजक समिति गठन गरेको आयोजकले जनाएको छ । समितिमा उपाध्यक्ष कुमार घिमिरे, सचिव बेदप्रसाद तिमल्सिना, कोषाध्यक्ष रघुनाथ दाहाल रहेका छन् । मुल समारोह समितिमा आजिवन सदस्य सहित २ सय १ सदस्य रहेका छन् ।

‘ गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने, बेथान्चोक गाउँपालिकाका सबै वडालाई धार्मिक पर्यटकिय क्षेत्रबाट समेत पहिचान दिने गरी हरेक समुदायको आस्था अनुसारका मन्दिर तथा गुम्बाहरुको ब्यवस्थापनमा ध्यान दिएका छौं’।
बेथान्चोक कृषि, पशुपालनसँगै धार्मिक पर्यटनमा प्रचुर सम्भावना भएको पालिका हो ।’ सप्ताहले मन्दिर ब्यवस्थापन समितिले निर्माण गरेको योजना सफल हुने विश्वास अध्यक्ष अधिकारीले ब्यक्त गरे ।

वडा नम्वर १ देखि वडा नम्वर ६ सम्म रहेका धार्मिक क्षेत्रहरुलाई प्रचार प्रसार, संरक्षण, पुर्ननिर्माण तथा ब्यवस्थापनमा ध्यान दिदै धार्मिक सर्किट निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले बताए । बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा गुरुकुल सहितको बैष्णव पार्क निर्माणका लागि गाउँपालिकाले समपुरक योजनामा प्राथमिकता राखेको उनले बताए ।

गाउँपालिकाले पहिलो योजनाका रुपमा गुरुकुल सहितको बैष्णव पार्क निर्माणका लागि आवश्यक रकम विनियोजन गरेको अध्यक्ष अधिकारीले बताए । ‘गाउँमा रहनु भएका जेष्ठ नागरिकहरुलाई मानसिक र शारिरिक रुपमा समेत स्वस्थ बनाउने गरी आध्यात्मिक चेतको विकास गराउने उदेश्यले भएका पवित्र कार्यहरुमा गाउँपालिका अभिभावक बन्ने छ’– अध्यक्ष अधिकारीले भने– ‘धार्मिक सहिष्णुता सहितको समृद्ध र सचेत समुदाय निर्माणमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

भेलामा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्षहरु मधुसुदन तिमल्सिना, कुवेर ढकाल, पुर्व वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु नेपाली काँग्रेसका सभापति डिगमान लामा, रास्वपाका सभापति अष्टमान तामाङ, नेकपा एमालेका अध्यक्ष बेदप्रसाद तिमल्सिना लगायतले मन्दिर ब्यवस्थापन समितिले आयोजना गरेको सप्ताह सफलताको शुभकामना सहित आवश्यक सहयोग गर्ने बताए । सप्ताह पछि जग्गा खरिद र अधुरो भवन निर्माण गर्ने बताईएको छ । भेलाको संचालन गोपालप्रसाद तिमल्सिनाले गरेका थिए ।

स्व.भिमप्रसाद सापकोटाको सपना साकार बनाउने उदेश्यले शुरुमा उक्त क्षेत्रमा बेथान्चोक नारायण स्थान मन्दिर निर्माणको कार्य प्रारम्भ भएको थियो । क्रमशः अन्य पुर्वाधार निर्माणका लागि निरन्तर समुदाय सक्रिय छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारको समेत प्रतिनिधित्वका लागि समुदायले एकादशीको अवसरमा अखण्ड भजन किर्तन गरिरहेका छन् । २०७४ भाद्र १४ गते देखि शुरु भएको अखण्ड किर्तन जारी छ ।

आजिवन सदस्य बृद्धी गर्ने, भवन सहितको जग्गा र पुर्वाधार निर्माणमा लाग्ने, धार्मिक प्रशिक्षण संचालन गर्ने लगायतका योजना अध्यक्ष पूर्णप्रसाद अधिकारीले बताए । पूर्णबहादुर अधिकारी, बैकुण्ठ अधिकारी र मुक्तिनाथ अधिकारीले हरेक एकादशीमा कथा बाचन गर्दै आएका छन् । ५५ जना कर्ता रहेको उक्त संस्थामा ७५ जना भन्दा धेरै आजिवन सदस्य छन् ।

एक पटक पढ्नुहोस