काभ्रे । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको आयोजनामा मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मण्डनदेउपुरको सह–आयोजना तथा रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट १५० भन्दा बढी नागरिक लाभान्वित भएको सघंले जनाएको छ ।
शिविरमा स्थानीय नागरिकहरूको आँखा परीक्षण गर्नुका साथै आँखासम्बन्धी समस्या पहिचान र आवश्यक परामर्श प्रदान गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न कारणले नियमित आँखा परीक्षण गराउन नसकेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेले सहकारी संस्थाहरूले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई समुदायको स्वास्थ्य, शिक्षा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।उनले भने, “सहकारी भनेको सदस्यहरूको आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, समुदायको सुखदुःखमा साथ दिने सामाजिक संस्था पनि हो ।
नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुँदै निःशुल्क आँखा शिविर सञ्चालन गरेका हौँ । यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाई थियो । सघंका अनुसार सहकारी संस्थाहरूबीचको सहकार्य र स्वास्थ्य संस्थाको प्राविधिक सहयोगबाट सञ्चालन गरिएको यस्ता कार्यक्रमले ग्रामीण तथा स्थानीय समुदायका नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको बताएको छ ।
