काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–१० स्थित पुरानागाउँ स्वास्थ्य चौकीलाई समाजसेवी परीक्षण हुमागाई र जीवन लामाले विभिन्न अत्यावश्यक औषधि सहयोग गरेका छन् ।स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज होस् र सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता कम होस् भन्ने उद्देश्यले आफूहरूले स्वास्थ्य चौकीलाई आवश्यक औषधि उपलब्ध गराएको समाजसेवी परीक्षण हुमागाईले बताए ।
उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाई थियो ।स्वास्थ्य चौकीमा आवश्यक औषधि उपलब्ध गराएर स्थानीय नागरिकको स्वास्थ्य सेवामा सहयोग पु¥याएको भन्दै स्वास्थ्य चौकीले हुमागाई र लामाप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
स्वास्थ्य चौकीमा आवश्यक औषधिको उपलब्धताले स्थानीय नागरिकलाई सामान्य स्वास्थ्य उपचार तथा सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै गरिएको यस सहयोगले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नसमेत सकारात्मक योगदान पुग्ने विश्वास लिईएको छ ।
