After header

मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन

जनकपुरधाम । अस्पताल उदघाटनको विषयमा भएको झडप र गोली चलेको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । घटना छानबिनका लागि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक जटाशंकर यादव रहेका छन् । समितिले जतिसक्दो चाँडो छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।
शनिबार बाराबको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा झडप भएको थियो । झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् ।

एक पटक पढ्नुहोस