बिकुनारायण ताम्राकार
पनौती/ यही २०७९ साल बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा पनौती नगरपालिकामा नेपाली काग्रेको तर्फबाट सत्रजना मेयर र सात जना उपमेयरको आंकाक्षी रहेका छन् । यही बैशाख ५ गते भित्र उम्ेमदवार टुगो लगाउने पर्ने भएता पनि अझै पनि पनौती काग्रेसमा उम्मेदवारको टुगो लगाउन सकेको छैन् ।
अझै पनि सहमति र छलफल बाट नै उम्मेदवार टुगो लगाउने तिर लागिरहेको पनौती नेपाली काग्रेस नगर सभापति रामशरण भण्डारी जानकारी दिए । आज शानिबार सम्म पनि छलफल मा नै रहेको र भोलि आइतबार सम्म केहि टुगो लगाएर प्रदेश कार्यालय हेटौडामा मेयर र उपमेयरका आकाक्षीको नाम पठाउने तयारी भईरहेको उनले बताए । अहिले सम्म मेयरको आंकाक्षीका लागि सत्र जना र उपमेयरका लागि सात जनाको नाम नेपाली काग्रेसको तर्फबाट उम्मेदवारको लागि नाम आएको सभापति भण्डारीले जानकारी दिए ।
त्यसैगरि वडामा पनि सर्वसम्मत गर्ने पहल नै जारी रहेको बताए । पनौती नगरपािलका भित्र १२ वटा वडा रहेको छ । नेपाली काग्रेसको तर्फबाट अहिले सम्म ४ वटा वडामा वडाअध्यक्षहरु सर्वसम्मत भएको सभापति भण्डारीले जानकारी दिए । १ मा जयकुमार लामा, २ मा पुष्पराज बलखे, ६ मा सुधिर सापकोटा, १२ मा बलराम तामाङ सर्वसम्मत चयन भएको उनले बताए । बाकी ८ वडामा विकल्व सहित उम्मेदवारहरुको नाम आएकाले यसलाई आज सम्ममा टुगो लगाउने उनले बताए ।
