After header

धुलिखेलमा स्वतन्त्र उम्मेदवार बिदुरको हाई हाई (फोटो फिचर सहित )

धुलिेखेल/यही बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि धुलिखेल नगरपालिका बाट स्वतन्त्र मेयरका उम्मेदवार बिदुर बस्नेत यति बेला मतदाताको हाई हाई बनेका छन् । सबै बृद्धबृद्धाहरु,युवाहरुका मनमुटमा बस्न सफल भएका बस्नेत यतिबेला स्वतन्त्र उम्मेदवार दिए लगतै धुलिखेलमा उनलाई सबै जनताको साथ र सहयोग रहेको छ ।

धुलिखेल नगरको विकास प्रेमी रहेको यूवा नेता बस्नेत अगामी निर्वाचनका लागि जेब्रा चिन्ह लिएर यतिबेला घरदैलोमा ब्यस्त रहेका छन् ।सबै युवाहरुको मनमुटुमा बस्न सफल भएका समाजसेवी नेता जनताको माग अनुसार नै आफ्नो उम्मेदवारी दिएका बताउछन् ।

म हिजो पनि कांग्रेस थिई आज पनि कांग्रेस रहने हो उनले भने । तर मेरो उम्मेदवारी अहिले स्वतन्त्र रहेर उम्मेदवार दिए पनि धुलिखेल नगरका जनताको विकासका लागि महिले मेरो उम्मेदवारी दिनु परेको बताए । आफू राजनितिमा कमाउन आएको होइन सेवा गर्न राजनितिमा लागेको हो कमाउन त व्यसाय छ उनले भने ।

धुलिखेलका मतदाताको अग्रह र सुझावमा महिले उम्मेदवारी दिएको छु अब बाँकी चुनाव जिताउन उहाँहरुको साथ र सहयोगको अप्रेक्षा गरेको छु बस्नेतले भने । तपाईको एक मतको सट्टामा सुमुन्त धुलिखेल निर्माण मा अहोरत्र खट्ने छु त्यसैले अगामी बैशाख ३० गते हुने निर्वाचनमा मलाई मतदान गरी सहायोग गर्नुहोस् उनले भने ।

 

एक पटक पढ्नुहोस