After header

वडाले दुई अर्ब दियो एमालेले दुई करोडको पनि विकास गरेन ः

पनौती/ जिल्लामा भएका पालिकाहरु मध्ये पनौती नगरपालिका प्राकृतिक स्रोत साधनले सबै भन्दा सम्पन्न पालिकाको रुपमा चिनिन्छ । यस नगरका मुख्य आम्दानीको स्रोत भनेकै वडा नं १२ हो । यस वडाले मात्र बितेको ५ वर्षमा करिब २ अर्ब राजश्व संकलनमा योगदान पुर्याएको छ । तर ५ वर्ष बित्दा पनि नगरपालिकाले विकास अनुभूति सम्म नगराएको स्थानीयको गुनासो छ ।


पनौती, धुलिखेल र बेनेपा ३ नगरपालिकाको एकीकृत खानेपानीको मुख्य मुहान पनि यहीँ वडामा रहेको छ । नगरको राजश्वको मुख्य स्रोतको रुपमा रहेको ढुङ्गा खानी पनि यही वडामा रहेको छ । सबै प्राकृतिक स्रोतले सम्पन्न तथा नगरको आयआर्जनको मुख्य स्रोत समेत रहेको यहाँका जनाताहरु सम्पन्न हुनुका साटो भटाभट विस्थापित हुने क्रममा छन् ।

काँग्रेस जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरी भन्नुहुन्छ –‘ पनौती नपा वडा नं १२ ले नगरपालिका केन्द्रलाई धेरै दियो । तर नगरपालिकाले यहाँका जनतालाई केही दिएन । २५ वर्ष देखि एमालेले शासन गर्दा पनि यहाँ राम्रो बाटो छैन । व्यवस्थित बिजुलीका लाइन छैन । गुणस्तरीय स्वास्थ्य शिक्षा पाएका छैनन् । यहाँको पानी धुलिखेल बनेपाले उपयोग गरिरहेका छन् तर आफ्नै नगर पनौतीका बासिन्दा भने काकाकुल जस्तै बनीरहेका छन् । ’

आसन्न स्थानीय निर्वाचनका क्रममा चुनाव प्रचार प्रसारमा पुगेका नेताहरु समक्ष स्थानीय मतदाताले व्यक्त गरेको समस्या हो यो । हामीले लगाएको गुन विरुद्ध अवगुन भयो । यो पटक हामी काँग्रेसलाई हेछौं स्थानीयको भनाई थियो ।

 

एक पटक पढ्नुहोस