After header

पनौती नगरमा उपभोक्ता समितिको अनियमितता

ब्यक्तिको जग्गामा बाटो पु¥याउने नाम ब्यक्तिबाट समितिले ५ लाख झ्वाम

पनौती/ सुन्दा अचम्म लाग्नसक्छ १० लाखको योजनामा १५ लाख भ्रष्टाचार हुन्छ भनेर । अझ उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको योजनामा समितिकै पदाधिकारी तथा सदस्यहरुको नक्कली हस्ताक्षर गरेर यति धेरै अनियमितता हुन्छ भनेर कल्पना पनि गर्न सकिदैन । सडक निर्माण जस्तो सार्वजनीक कार्य गर्ने उपभोक्ता समितिले हाम्रो कारणले त्यो जग्गामा सडक पु¥याएको भन्दै सम्बन्धित जग्गा धनीसंग लाखौ रुपैया लिएको कुरा अझ अचम्म लाग्न सक्छ ।

पनौती ९ स्थित भिमसेनस्थान प्रगति मार्ग मोटरबाटो निर्माण उपभोक्ता समितिले यस्तै नपत्याउने काम गरेको रहस्य खुलेको छ । नगरपालिकाबाट फरफार गरि रकम भुत्तानी लिएपछि स्थानीय बासिहरुले गरेको अनुसन्धानमा चरम अनियमितता गरेको पाइएको छ । उपभोक्ता समिति मार्फत सम्पन्न योजनामा पत्याउनै नसकिने अनियमितता तथा भ्रष्टाचार भएपछि नगरपालिकाले छानविन गरि यथार्थ पत्ता लगाउन माग गरिएको छ ।

पनौती नपा वडा नम्बर ९ स्थिति मिजार टोलबाटा दशरथ भण्डारीको बारीमा जाने मोटरबाटो निर्माणमा उपभोक्ता समितिले सम्बन्धित जग्गा धनीसंग पाँच लाख लिएको स्थानियबासि रामचन्द्र रम्तेलले बताउनु भएको छ ।

नगरपालिकाको १० लाख रुपैया स्थानिय उपभोक्ताहरुको २० प्रतिशत सहयोगमा उपभोक्ता समितिमार्फ कार्य गरिएको यो मोटरबाटो निर्माण योजनाको यहि जेठ १९ गते नगरपालिकाबाट हिसाब मिलान गरिएको छ । जसमा सिमेन्ट २ सय ७० बोरा लागेको विल पेश गरिएको छ । जबकी खासमा १ सय ४० बोरा सिमेन्ट भन्दा बढी ल्याइएको छैन ।

जेसिभि ९० घण्टा लगाइए पनि १ सय ५० घण्टाको विल पेश गरिएको छ । यसमा प्राविधिकहरुले अति गर्न नहुने सुझाव दिएपछि २० घण्टा बढाएर १ सय १० घण्टाको मात्र भुक्तानि लिइएको छ । सडमा ग्राभेल १७ टिप हाले पनि ४५ टिपको विल पेश गरेर भुक्तानि लिइएको छ ।

यो योजनाको शुरु देखि अनुगमन गरिरहेका स्थानीयबासि रामचन्द्र रम्तेलका अनुसार ढुंगा ६ टिप हाले पनि १२ टिपको रकम लिइएको छ । १० हजार भाडामा मिक्स्चर पाइने भएपनि ३५ हजार रुपैया भुक्तानि दिएको भरपाई पेश गरिएको छ । यसमा अचम्म के छ भने स्थानीय राजु विसुंखेले मिक्स्चर धनी भनि ३५ हजार बुझेका छन् । स्थानीय सबैलाई थाहा छ की मिक्स्चर धनी विसुंखेको यो भरपाई नक्कली हो । किनकी विसंखे मिक्स्चर धनी होइनन् ।

यो बाटोले दशरथ भण्डारीको ज्वाई नाता पर्ने एक व्यक्तिको सात रोपनी जग्गा छोएको छ । उपभोक्ता समितिले यो सात रोपनीको जग्गा धनी संग बाटो लगेर जग्गाको भाउ बढाइदिएको भन्दै ५ लाख रुपैया लिएका छन् । उनले पाचलख रुपैया दिएको सावजनीक गरेको स्थानीयबासि रम्तेल बताउनु हुन्छ ।

उपभोक्ता समितिमा सात जना रहेका छन् । जसमा अध्यक्ष दिलिप रम्तेल र कोषाध्यक्ष धनराज सुर्खेती छन् । सचिव मार्था मंग्रान्ती र अन्य सदस्यहरुको सबै निर्णयमा नक्कली हस्ताक्षर गरिएको भन्द छानविन गर्न माग गरिएको छ । अध्यक्ष दिलिप रम्तेल अनुग्रह विश्वास उद्धार सामुदायीक मण्डलीका पास्टर समेत हुन । उपभोक्ता समिति मार्फत गरिएको यो कार्यमा अनियमितता गरेको भन्दै चर्जमा आउने विश्वासिहरुलाई समेत धोका दिएको बताइएको छ ।

दैनिक हाजिरामा समेत नक्कली नाम र हरुताक्षर राखिएको छ । अनुगमन समितिको संयोजक जुरेली मिजारलाई काम शुरु भएको र सम्पन्न भएको केहि थाहा छैन । निर्णयमा अनुगमन समितिको संयोजकको नक्कली हस्ताक्षर गरिएको बताइएको छ । सबै काम ठिक छ भनी हस्ताक्षर गरेको बारे जिज्ञासा राख्दा जुरेलीले आफुलाई केहि थाहा नभएको र हस्ताक्षर पनि नगरेको बताउनु भएको छ ।

यो उपभोक्ता समितिको आयोजनामा वैशान ५ गते भएको सार्वजनीक लेखा परिक्षणको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सहकुल हुमागाईको उपस्थिति रहेको भनिएपनि यो निर्णयमा उहाको हस्ताक्षर देखिदैन । यो कार्यक्रममा रहेका उपस्थितहरुको नाममा गरिएको प्राय सबै हस्ताक्षर नक्कली भएको बताइएको छ । समाचार प्रकाशन पुर्व उपस्थित केहिलाई टेलिफोन गरि सोध्दा आफुहरुलाई केहि थाहा नभएको र हस्ताक्षर पनि नगरेको बताएका थिए ।

एक पटक पढ्नुहोस