After header

प्रधानमन्त्री देउवा सगँ काभ्रेका जनप्रतिनिधिहरु बिच भेट

काठमाडौं/ २०७९ बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित काभ्रेका प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिलाई प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई तथा शुभकामना दिएका छन् ।

निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

भेटमा सहभागी सबै प्रमुख उपप्रमुखलाई प्रधानमन्त्री देउवाले जनप्रतिनिधिलाई बधाई दिँदै जनताको हितलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका थिए । जनताको प्रतिनिधि हुनु भएको छ विकासका नाम कुनै भष्ट्राचार हुन नदिन र आफूले पनि भष्ट्राचार नगरी स्थानिय तहको विकासका लागि लागि पर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए ।

काभ्रे जिल्ला सभापति तथा संविधानसभा सदस्य तीर्थ लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल,पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिकाका उपमेयर निराजन जंगम, मण्डनदेउपुर नगरपालिकाका उपमेयर विष्णुमणि नेपाल, चौंरीदेउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्वा र महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान सहभागी थिए ।

साथै भेटमा काभ्रे कांग्रेसका उपसभापति रमेशप्रसाद हुमागाईं, कांग्रेस काभ्रेका सचिवद्धय माधव ढकाल, गुणराज मोक्तान, कांग्रेस जिल्ला सह–सचिव रवीन्द्रनाथ सिग्देल र समिर व्याञ्जुसहित जिल्ला पदाधिकारी समेतको सहभागिता रहेको थियो ।

भेटमा काभ्रे जिल्ला सभापति तिर्थ लामाले केन्द्रको तर्फबाट विनियोजन हुने बजेटमा स्थानीय तहलाई प्राथमिकता दिन, मल अभाव लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

एक पटक पढ्नुहोस