After header

पार्वती माविको सम्मान जनप्रतिनिधिलाई

ढुर्खक/ काभ्रेको बेथानचोक गाउँपालिकामा रहेको पार्वती माध्यमि विद्यालयले बेथानचोक गाउँपालिकाका जनप्रतिनिधीहरुलाई एक कार्यक्रम बिच सम्मान गरेको छ । पार्वती मावि एलुम्नाइ एशोसिशन तथा श्री पार्वती माध्यमिक विद्यालयको सयुक्त आयोजनामा २०७९ सालको स्थानिय निर्वाचनमा निर्वार्चित गाउँपालिका प्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधिहरुलाई विद्यालयले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि विद्यालयका पूर्व प्रधानाध्यापक बलराम तिमल्सिनाले आफूले पढाएको चेलो अहिले गाउँपालिकाको अध्यक्ष जस्तो पदमा निर्वाचित भएकोमा खुशी ब्यक्त गरे । ५ वर्षका लागि उत्कृष्ट काम गरेर बलराम सरको चेलो प्रमाणित गर्न समेत नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलाई उनले आग्रह गरे ।

यस विद्यालयमा आफुले प्रधानाध्यापक भई विद्यालयको पठन पाठनमा जति समस्या थियो आज त्यो छैन । त्यसैले भोलिका दिनमा यस गाउँपालिका भित्र रहेका जोसुकै शिक्षा बाट बञ्चित हुन नपरोस् यसका लागि गाउँपालिकाले अबका दिनमा शिक्षा, स्वाथ्य लगायतमा ध्यान दिन समेत अध्यक्ष अधिकारीलाई आग्रह गरे ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भगवान अधिकारीले आफूले हिजो क ख सिकेको विद्यालयमा आज आफै जनप्रतिनिधीको हैसियतमा सम्मानित भएकोमा खुशी ब्यक्त गरे । यस ५ वर्षका लागि यहाका जनताले मलाई विश्वास गरेर जुन जिम्मेवारी दिनु भएको छ यसलाई पूरा गर्नेमा आफ्नो प्रतिवद्धता रहेको जिकिर गरे ।

आज आफू पढेको विद्यालयले यसरी सम्मान गरिरहँदा म विद्यालय प्रति ऋणी भएको छु । यस विद्यालयमा आफू अध्यन गर्दाको समय र अहिले धेरै परिवर्तन भईसकेको छ । अब अझै भोलिका दिनमा गाउँपालिका र मेरो तर्फबाट विद्यलायलाई अझै माथि पु¥याउन मेरो भूमिका रहने उनले बताए ।

कार्यक्रममा सम्मानित हुने सबै जनप्रतिनिधीले आफूले पढेका विद्यालयले सम्मानित गरेकोमा खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान घिमिरेले यस बेथानचोक गाउँपालिकाका जनप्रतिनिधी सम्पूर्णलाई सम्मान गर्न पाउदा विद्यालयको तर्फबाट आभारी रहेका बताएका थिए ।

सम्मानित हुने धेरै जसो जनप्रतिनिधी यसै विद्यालयका विद्यार्थी हुनुहुन्छ त्यसैले आफूले अध्यन गरेको विद्यालयलाई भोलिका दिनमा सधैव माया गर्न आग्रह गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द शर्माले सम्मानित हुने सबै जनप्रतिनिधीहरुलाई विद्यालयको तर्फबाट आभार ब्यक्त गरे । आज सम्मानित हुनुहुने सम्पूर्ण जनप्रतिनिधीहरु यसै विद्यालयका विद्यार्थी देखि आज अभिभावक हुनु भएको छ ।

गाउँपालिका प्रमुख यसै विद्यालयबाट कख सिकेर आज यसै विद्यालयका अभिभावक हुनु भएको छ । हामी धेरै खुशी भएका छौं । हिजो उहाँ अध्यन गर्दा र आज उहाँ यस गाउँपालिकाको प्रमुख हुँदा विद्यालयले गरेको प्रगति र भोलिका दिनमा विद्यालयलाई गरिने सहयोग अब उहाँ नै भएको बताएका थिए ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालयका शिक्षक, शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस