After header

कृषकलाई हाते ट्याक्टर बितरण

बनेपा/  काभ्रेको बनेपा नगरपालिकाले परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन उदेश्यले आज आइतबार कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।

श्रम र समयको वचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । बनेपा नगरपालिकालले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताए ।

२०७८÷०७९ सालको नगरपालिकाको बजेट मार्फत आवेदन दिएका कृषकहरु मध्ये वडाबाट सिफारिस भएका बनेपा नगरपालिकाका कृषकहरुलाई ट्याक्टर वितरण गरेको नगर प्रमुख शाक्यले बताए ।

बनेपा नगरपालिकाका नगरप्रमुख शाक्यले ट्याक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताए । बिगतका दिनमा कृषकले अनुदानमा ट्याक्टर लियर बेच्ने भन्ने कुरा सुनेकोले त्यस्तो नगर्न अनुरोध गर्दै नगरपालिकाले सहुलियत अनुदानमा ट्याक्टर लिएको घर घरमा पुगेर अनुगमन गर्ने समेत शाक्यले बताए ।

परम्परागत रुपमा खेती गरिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरेको उनको भनाइ छ । ३३ हजार परेको उक्त ट्याक्टरलाई ५० प्रतिशत सहुलियतमा कृषकले १६ हजार ५ सय रुपैयामा अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् । यस पटक नगरले १ सय ६ वटा हाते ट्याक्टर बितरण गरेको हो ।

 

एक पटक पढ्नुहोस