After header

रामेछाप बस दुर्घटना अपडेट: सो बसको अघिल्लो दिन नै ब्रेक फेल थियो

रामेछाप/

रामेछापमा दुर्घटनामा परेको बस अघिल्लो दिन ब्रेक फेल भएको थियो, सामान्य कसकास गरेर यात्रु बोक्न तयार गरिएको थियो

रामेछापमा दुर्घटनामा परेको बस अघिल्लो दिन ब्रेक फेल भएको थियो, सामान्य कसकास गरेर यात्रु बोक्न तयार गरिएको थियो

रामेछापमा दुर्घटनामा परेको बस अघिल्लो दिन ब्रेक फेल भएको थियो, सामान्य कसकास गरेर यात्रु बोक्न तयार गरिएको थियो ।

रामेछाप बस दुर्घटना अपडेट

काठमाडौं : रामेछापको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा मंगलबार बिहान भएको बस दुर्घटनामा नौजनाले ज्यान गुमाए ।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासी भीरबाट खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गएको हो। दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल हुँदा सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए। हिँडेको केही घन्टापछि बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए।

उनका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो ।

दुर्घटनामा मृत्य भएका नौमध्ये चार महिला र पाँच पुरुष छन् । उनीहरुको पहिचान खुलेको छैन । दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिएका छन्।

तीनजना घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिए।बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको थियो।

 

रासस

एक पटक पढ्नुहोस