After header

बस दुर्घटनाका मृत्यु हुने १३ जनाकै सनाखत ( रामेछाप बस दुर्घटना अफडेट )

रापेछाप/ रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रापेछापले जनाएको छ ।

बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने दुर्घटनामा घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका–५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन् ।

उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

 

एक पटक पढ्नुहोस