After header

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा

काठमाडौंमा बोहोरा, अपराध महाशाखामा भट्टराई

काठमाडौं/ नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागू औषध नियन्त्रण ब्युरोमा विकास राज खनाल सरुवा भएका छन् । यसैगरी कुवेर कडायतको केन्द्रीय अनुसन्धान ब्युरोबाट विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा भएको छ ।

 

एक पटक पढ्नुहोस