After header

नेपाल प्रेस युनियन अध्यक्षमा ओझाको उम्मेदवारी घोषण

काठमाडौं/ नेपाल प्रेस युनियनको आसन्न नवौं महाधिवेशनका लागि काभ्रेका अग्रज पत्रकार वर्तमान प्रेस यूनियनका उपाध्यक्ष समेत रहेको ईश्वरी ओझाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषण गरेका छन् । आगामी साउन ६ र ७ गते हेटौडामा हुन लागेको महाधिवेशका लागि ओझोले सबै अग्रहहरु सग सल्लाह र सुझाव सहित आफ्नो उम्मेदवारी घोषण गरेका छन् ।

बानेश्वर स्थित एक होटलमा प्रेस युनियनका पार्षद र सिनयर पत्रकारहरूबीच ओझाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । नेपाल प्रेस युनियन काभ्रे शाखाको संयोजनमा गरिएको उक्त उम्मेदवारी घोषणा कार्यक्रममा बरिष्ठ पत्रकार इकागज डटकमका सम्पादक हरिबहादुर थापा, बरिष्ठ पत्रकार जगत नेपाल, नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, सचिव खिला कार्की लगायत सिनियर पत्रकारहरुको सहभागिता थियो । प्रेस युनियनलाई लोकतन्त्रबादी पत्रकारहरुको साझा संस्था बनाउन र संगठनलाई बैचारिक रुपमा शशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको इश्वरी ओझाले बताए ।

निष्ठा, इमान्दारिता, संगठनलाई संस्थागत र बैचारिक बनाउने सन्दर्भमा इश्वरी ओझाले खेलेको भूमिकाका विषयमा सबैले प्रसंशा गरे । नेपालको पत्रकारिता तटस्थ र वास्तविक समस्यामा परेका नागरिकको पक्षमा हुन छाडेको भन्दै राज्यका निकायलाई खवरदारी गर्दै व्यवसायिक र मर्यादित पत्रकारिताको माध्यामबाट देशको अवस्थालाई सुधार गर्न भूमिका खेल्नेगरी सबै पत्रकारहरु लाग्नु पर्ने बरिष्ठ पत्रकार हरिबहादुर थापाले बताए ।

नेपाल प्रेस युनियनमा इश्वरी ओझा नेताहरुको दैलो चाहर्ने भन्दापनि कर्ममा विश्वास गर्ने नेता भएकाले ओझालाई युनियनको अध्यक्ष बनाउँदा लोकतन्त्र र संस्थागत सुदृढिकरणका लागि सहयोग पुग्ने सहभागि पत्रकारहरुले बताएका छन् ।

पत्रकारको पेशागत सुरक्षा, श्रमको सम्मान र सबैलाई अवसर दिने कुरामा अध्यक्षको उम्मेदवारका आकांक्षी ओझाले प्रतिवद्धता जनाएका छन् । उनी लगायत हालसम्म शिव लम्साल, अनिता विन्दु, दिपक आचार्य, सरोज अधिकारी, भुवन भट्ट, रामप्रसाद दाहाल,दामोदर दवाडी लगायतले अध्यक्षमा दावी गरेका छन् । यसबीचमा कतिपयले पत्रकार सम्मेलन गरेर उम्मेद्वारी गरिरहेका छन् भने कतिले आफ्नो सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषण गरिरहेका छन् ।

एक पटक पढ्नुहोस