काठमाण्डौ/ नेपाली गीत संगीत क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत छन् काभ्रेका सन्दिप वाग्ले । हालै मात्र उनको शब्द रचना तथा संगीतमा ‘ढलेको वर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार संगीतकार वाग्ले स्वयंको यूट्युब च्यानल परिचित टीभीबाट सार्वजनिक भएको गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र गोपाल नेपाल जिएमको स्वर रहेको छ । 
उक्त प्रेम वियोगको भाव बोल्ने गीतको भिडियोमा संगीतकार वाग्ले स्वयंले अभिनय गरेका छन् । गीतमा मनोज दवाडी र रितु ढकालको पनि अभिनय छ । भिडियोमा सन्दिप वाग्लेले रितुको श्रीमानको भूमिकामा अभिनय गरेका छन् । उनलाई नकारात्मक भूमिकामा चित्रण गरिएको छ । मनोज, रितुको पूर्व प्रेमीको भूमिकामा प्रस्तुत छन् ।
नारायण मगरको निर्देशन रहेको गीतको भिडियोमा मुकेश हुमागाईं र उनको टिमको छायांकन छ । भिडियोलाई निर्देशक मगर स्वयंले सम्पादन गरेका हुन् । यसअघि पनि केही गीत बजारमा ल्याइसकेका संगीतकार वाग्लले ‘ढलेको वर’ गीतले आफूलाई गीतकार र संगीतकारको रुपमा स्थापित गर्नेमा विश्वस्त छन् । उनको यो गीत हेर्न तलको लिंकमा क्लिक गरी भिडियो हेर्न सकिन्छ । https://m.youtube.com/watch?v=ixy8AVSWYJg
