After header

बंगुरमा अफ्रिकन स्वाइन फिवरको माहामारी

काभ्रेमा एक हप्तामैँ दर्जन व्यवसायीका करोडौँको क्षति

शुकदेव थपलिया/ काभ्रे
काभ्रे जिल्लाको धुलिखेल र पनौती नगरपालिकाको विभिन्न ठाउँका दर्जन व्यवसायीको फार्ममा पालिएका करोडौँ बराबरको बंगुरमा अफ्रिकन स्वाइन फिबरको महामारीबाट क्षति भएको छ । फर्महरुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण एक हप्ता अघि फेला परेको थियो ।

बंगुरमा अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा केन्द्रीय पशुपक्षी रोग अन्वेशण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएको थियो । ग्रसित फार्महरुबाट नमूना सङ्कलन गरी जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपन्छीं रोग अन्बेषण प्रयोगशाला पठाएको थियो ।

रामेछाप जिल्ला रामेछाप नगरपालिका–२ का प्रकाश बस्नेत ६ बर्ष कतारमा रोजगारी गरी फर्केर नेपालमा आई बगुर व्यवसायी गर्न थालेका थिए । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ५ गैरीगाउँमा टिम भिजन एग्रो प्रा.लि. फर्म दर्ता गरी बगुर पाल्न शुरु गरेका उनले अर्का साथी रामकुमार श्रेष्ठको साथ पनि पाए उनी पनि कतारबाटै फर्केका थिए । शुरुमा ३० लाख खर्च गरेर फार्म सुरु गरेका उनीहरुको फार्ममा आहिले रित्तो प्रायः छ ।

उनले आफ्नो दुखेसो पोख्दै भने – ‘म एउटा बाहुनको छोरो चुनौतीका बाबजुत बगुर पाल्न शुरु गर्यौँ ।, रामकुमार श्रेष्ठ साथीसँग मिलेर शुरुमा ३० लाख र पछी थप गरी संरचना बनाउनको लागि मात्र ६० लाख खर्च गरेर हामीले ३ सय ७० बगुर पालेका थियौँ ।’ उनले भने, ‘अफ्रिकन स्वाईन फिभर रोगका कारण हाम्रो फर्म लगभग खाली भएको छ । दिनमै ८÷१० वटा बगुर मर्छ ।’ यो समाचार तयार पार्दासम्म उक्त फर्ममा ३ सय बगुर मरिसकेको थियो ।

बार्षिक एक लाख ४० हजार भाडा तिरेर साँढे ५ रोपनी जग्गामा पालेको बगुर अब ७० वटा मात्र बाँकी रहेको छ । ३० वटा व्याउने माउ र अन्य पाठा गरी ३ सय वटा मरीसकेको टिम भिजनका सञ्चालक बस्नेतले बताए । माउँहरू कम्तीमा पनि एक सय किलो भन्दा बढीको र अन्य १५÷२० किलोको पाठाहरू दैनिक १०÷१२ वटाको दरले मर्ने गरेको उनको भनाई छ । चलनचल्तीको भाउ अनुसार ८० लाख भन्दा बढीको घाटा लागेको बस्नेतले बताएका छन् ।

शुरुमा रगत छादेर मर्न थालेपछि विभिन्न उपचार गरेको बस्नेतले बताए । ‘शुरुमा त बगुरहरू रगत छादेर मर्न थालेपछि विभिन्न उपचार गर्यौ । यो रोगले हो की त्यो रोगले हो भन्दै हामीले कम्तीमा पनि ४० हजार भन्दा बढीको औषधी उपचार गर्यौँ तर पनि केही कम भएन ।’ उनले भने, ‘डाक्टर गणेश बञ्जरा सरले बगुरको रगत ल्याबमा लगेर परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर भएको पुष्टि भयो । नेपालमा यसको उपचार नै नहुने रहेछ । सावधानी बाहेक केही गर्न सकेन । मरेको बगुर पुर्नु बाहेक केही गर्न सकेको छैन ।’

काभ्रेमा यो मात्र हैन । पनौती नगरपालिका वडा नं. ५ गैरीगाउँमै रहेको गैरी गाउँ कृषि फर्ममा पनि त्यही हालत छ । उक्त फर्ममा एक सय ८३ वटा पालेकोमा एक सय ८२ वटा मरेको छ । त्यस्तै पनौती नगरपालिका वडा नं. १० मा रहेको श्रेष्ठ बगुर फर्ममा ३ सय ५० वटा रहेकोमा २ सय ५५ वटा मरेको छ । धुलिखेल नगरपालिका वडा नं. नोवेल पशुपञ्छी फर्ममा ७० वटा पालेकोमा ५७ वटा मरेको छ । यो विवरण त भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलमा आएको तथ्यांक मात्र हो । जानकारी नगराएको थुप्रै ठाउँमा मरेको हुन सक्ने केन्द्रका प्रमुख राजकुमार हुमागाईले जानकारी दिए ।

‘काभ्रेमा अफ्रिकन स्वाईन फिभरका कारण हजारौँ बगुर मरिसकेको छ । दर्ता नभएको फर्महरूमा पनि बगुरहरू मरिरहेको भन्ने कुरा अनौपचारिक रुपमा खबर आएको छ ।’ हुमागाईले भने, ‘अहिलेसम्म यो रोगको भ्याक्सिन नभएको कारण रोकथाम बाहेक अरु कुनै उपचार छैन । हामीले चुन छर्न लगाउने, बगुर ओसार पसार गर्न रोक लगाउने बाहेक केही गर्न सकेको छैन ।’ बगुर मर्यो भन्ने खबर आएपछि त्यसको ल्याव परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर भएको पुष्टि गरेको हुमागाईले बताए ।

उनका अनुसार मरेका बंगुरमध्ये अधिकांश विदेशी ल्याण्डरेस , डुयरोक जातका छन् । जुन जातमा बच्चा हुर्काउने क्षमता अत्याधिक हुन्छ ।उनले सबै नगरका विभिन्न स्थानमा पालिइएका बङ्गुरमा सो सङ्क्रमण पुष्टी भएको बताउँदै नगरले बंगुरहरु ओसारपसार कार्यमा निषेध गरेको, बायो सेक्युरिटीको लागि चुन फिनेल जस्ता सामाग्री बितरण गरिएको र उच्च प्रकोप एरियामा सतर्क रहन अपिल गर्दै सूचना जारी गरि सतर्कता अपनाउन सबै पशु सेवा शाखाहरुलाई अपिल गरिएको छ ।

साथै आवश्यक उपचार र नियन्त्रणको प्रयास पनि गरिरहेको उनले बताए । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ ।विभागका अनुसार यो रोग सुगरबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भुटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको पाँच महिनापछि काभ्रेको पनौतीमा पनि देखिएको हो । गत वर्ष चैतमा पहिलोपटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुरमा उच्च मृत्युदर सहित देखिएको थियो ।

के हो अफ्रिकन स्वाइन फिबर ?

डा. गणेश बञ्जराको अनुसार यो रोगले कुनै पनि उमेरका सुँगुरलाई असर गर्न सक्छ । उच्च मृत्यु दर, प्रमुख लक्षणहरूमा कान, पुच्छर र तल्लो खुट्टाको नीलो–बैजनी साइनोसिस हुन्छ; उच्च ज्वरो; र आँखा र नाकबाट भारी स्राव यो रोगको प्रमूख लक्ष्यण भएको बताए । उनले भने– यो रोगले तपाइँले पाल्दै आएको बंगुरको बथानलाई असर गरिरहेको देखे तुरुन्तै छुट्याउने र लक्ष्यण अनुसार उपचार गर्न लाग्नु पर्ने हुन्छ ।

सुँगुर र यसको नजिकका आफन्तहरू, सुँगुर र सुँगुरहरू) भाइरसहरूको डबल–स्ट्र्यान्ड, परिवारको एक मात्र प्राकृतिक होस्ट हो, भाइरसले मानिस वा अन्य जनावरहरूलाई हानि गर्दैन । यसको मतलब यो होइन कि मानिस र अन्य जनावरहरूले वाहकको रूपमा भाइरस फैलाउन सक्दैनन् अफ्रिकी स्वाइन फिभर सामान्यतया आर्थ्रोपोडहरू, जस्तै नरम शरीर भएको टिक, संक्रमित सुँगुरहरूबाट रगत उठाएर सर्छ ।

संक्रमण सामान्यतया नाक, मुख, पिसाब र मल वा संक्रमित वीर्य बाट निस्कने सहित संक्रमित वा वाहक सुंगुरहरु को तन्तु र शारीरिक तरल पदार्थ संग प्रत्यक्ष सम्पर्क मार्फत हुन्छ । यो दूषित खाद्य उत्पादनहरूको ढुवानी र उपभोगबाट पनि फैलिन्छ, र केही केसहरू घरेलु सुँगुरहरूलाई फोहोर खाना खुवाएर जैव सुरक्षा मापदण्डहरूको पालना गर्न असफल भएका कारण उत्पन्न भएका छन् ।

जङ्गली सुँगुर र सुँगुरहरूमा भएको भाइरसले रोगको कुनै लक्षण नदेखाएको भए तापनि यो सबै सुँगुरका प्रजातिहरूमा अत्यधिक संक्रामक रहन्छ र सुँगुरहरूमा लामो समयसम्म बाँच्न सक्छ बध पछि – जमेको शवहरूमा पनि । यो पनि ध्यान दिनु महत्त्वपूर्ण छ कि सुँगुरको मासुको उत्पादनहरू निको पार्ने भाइरस नष्ट हुँदैन । नरम शरीर भएको टिक्स, जुवा र झिंगाको टोकाइबाट; दूषित सिरिन्जहरू र दूषित सर्जिकल उपकरणहरूको प्रयोगको साथ टीकाकरण मार्फत; र बथानमा संक्रमित सुँगुरको परिचय मार्फत यो भाइरल हुने हुन्छ ।

उनले भने– यसको वास्तवमा यहाँ कुनै उपचार छैन । सबै संक्रमित जनावरहरूलाई भाइरसको उपस्थिति पुष्टि भएपछि तुरुन्तै अलग्गै राख्नुपर्छ । ,चाँडै मर्ने सुँगुरहरूमा कुनै पनि उल्लेखनीय घाउ नहुन सक्छ तर रोग बढ्दै जाँदा घाउहरू उल्लेखनीय हुन्छन् । लिम्फ नोड्स, मृगौला, मुटु र शरीरको गुफाको अस्तरहरूमा उज्यालो रातो रक्तस्राव हुने तरल पदार्थ र फोक्सोमा जिलेटिनस फ्लुइड पनि हुन सक्छ ।

प्लीहा ठूलो हुन सक्छ, कालो हुन सक्छ र हल्का दबाबमा टुक्रा टुक्रा हुन सक्छ । पशु चिकित्सकले निदानमा विशेषज्ञ प्रयोगशालामा नमूनाहरू पठाउनु पर्छ । पठाउनका लागि उत्तम नमूनाहरू रगत, लिम्फ नोड्स, प्लीहा र पुरानो अवस्थामा, सेरोलोजीका लागि सीरम हुन् । यदि यो हो र होइन, टन्सिलहरू पनि पठाउन सकिन्छ ।

मरेको सुँगुरलाई उसको पछाडि राखेर, यसको तल्लो बङ्गाराको हड्डी र जिब्रोको बीचमा छाला र मासु काट्नुहोस्। टन्सिलको जोडी दुईवटा ठूला रातो प्याचहरू हुन् जुन प्रत्येक तपाईंको औंलाको अन्तिम आधाको आकार वा सायद थोरै ठूलो हुन्छ। तिनीहरूको सतहहरू साना खाडलहरू वा अवसादहरूले ढाकिएका छन ्।

उच्च ज्वरो भोक नलाग्ने, सुस्त–कहिलेकाहीँ उभिन वा हिड्न नमान्ने उभिँदा धेरै अस्थिर हुने , बान्ता र÷वा रगत बग्ने पखाला, सेतो छाला भएका सुँगुरहरूः खुट्टा (नाक, कान, पुच्छर र तल्लो खुट्टाहरू) साइनोटिक (नीलो–बैजनी रङ) बन्छन् । छालामा विशेष गरी कान र भागहरूमा अलग रक्तस्राव देखा पर्दछ । समूह एकै ठाउँमा जम्मा हुनेछ र सामान्यतया काँपिरहेको हुन्छ ।

गर्भवती माउहरू सामान्यतया गर्भपातबाट गुज्रिन्छन् वा मृत जन्मेका सुँगुरहरूलाई जन्म दिन्छन् जुन विकृत छन् – सुँगुरहरूलाई भाइरसको लागि परीक्षण गर्न सकिन्छ ।

एक पटक पढ्नुहोस