काठमाडौं । नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । एमालेका नेता कार्यकर्ताहरू काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन् ।
यसअघि एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गरेका थिए । उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।
