After header

निर्वाचनका लागि १ लाख भन्दा बढी म्यादी प्रहरी भर्ना गरिदै

काठमाडौं/ यहि मंसिर ४ गते हुन गईरहेको प्रदेश र सघीय निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।

स्थानिय निर्वाचनका लागि देशभर एक लाख म्यादी प्रहरी खटिएकोमा यस पटकको प्रदेश र सघीय निर्वाचनका लागि ३० हजार बढी म्यादी प्रहरी चाहिने प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए । मतदान स्थल र केन्द्र थपिने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा धेरै म्यादी प्रहरी चाहिने उनले भने–‘१ लाखभन्दा धेरै म्यादी प्रहरी आवश्यक हुन्छ, त्यसबारे प्रस्ताव तयार गरेर गृह मन्त्रालयमा पठाउँछौं ।

गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमती दिएपछि म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिने समेत उनले बताए । स्थानीय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई सोझै भर्ना गर्नेबारे पनि छलफल भइरहेको छ । स्थानीय तहमा खटिएकाहरुलाई प्रशंसापत्र सहित आए सिधै भर्ना गर्नेबारे छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका जनाएको छ ।

एक पटक पढ्नुहोस