After header

सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक बस्दै

काठमाडौं / यही मंसिर ४ गते हुन गईरहेको निर्वाचनका लागि बनाईएको कार्यदलको दोस्रो बैठक आज २ बजे बालुवाटारमा बस्ने भएको छ । आज बस्ने पाँच दलिय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी रहेको बुझिएको छ ।

निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन । कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो । आजको बैठकमा। सोही मापदण्डका अनुसार दलहरूबीच सिठबाँडफाँड हुनेछ ।

कार्यदललाई भदौ पहिलो साताभित्र चुनावी तालमेलको मापदण्ड र मोडालिटी बनाएर प्रतिवेदन बुझाउन भनिएको छ ।

एक पटक पढ्नुहोस