काठमाडौं/ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । रिक्त रहेको पदाधिकारी टुंगो आजको बैठकले लगाउने नेताहरुले बताएका छन् ।
पदाधिकारीमा महासचिव, उपाध्यक्ष र उपमहासचिवमा पदमा अहिले सम्म कसैको नाम टुंगो लगाउन सकेको छैन् । आज बसेको स्थायी कमिटीबाट महासचिव देव गुरुङ हुने पक्का जस्तै छ । महासचिवका आकांक्षीद्वय वर्षमान पुन र जनार्दन शर्मा तथा गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने बताइएको छ । उपाध्यक्षहरुमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।
बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमै पार्टीका विभिन्न नेताहरु, शहीद परिवारका प्रतिनिधि लगायतसँग छलफल गरेका थिए । अध्यक्ष प्रचण्डको ब्यस्तथाले गर्दा बैठक बस्न ढिला भएपनि आजको बैठक बाट टुगो लगाउने एक नेताले जानकारी दिए ।
