After header

अब चुपचाप बस्ने समय होइन टोल टोल पुग्नु ः सभापति लामा

काठमाडौं/ नेपाली काग्रेस नमोबुद्ध कार्य समितिको आयोजनामा नेपाली कांग्रेस नमोबुद्ध काठमाण्डौ सम्पर्क समिति गठन गरिएको छ । कार्यक्रममा उद्घाटन गदै नेपाली काग्रेसका जिल्ला सभापति तिर्थ लामाले अब चुपचाप बस्ने समय नभएको बताउदै आउदै गरेको निर्वाचनमा सबै नेता कार्यकर्ता गाउँ गाउँ टोल टोल पुग्न आग्रह गरे ।

सभापति लामाले कांग्रेस द्रुत गतिमा रहेको र नेपाली काग्रेसको सबै वडा, टोलमा पुग्ने अभियानमा अन्र्तगत जनता साथमा काग्रेस अभियान शुरु भईसकेकाले अब सबै जनताको समस्या र सुझावका लागि टोल टोलमा पुग्न उनीले सबै नेता तथा कार्यकर्तालाई अग्रह गरे ।

कार्यक्रममा संविधान सभा सदस्य हर्षजित लामा, नेपाली काँग्रेसका जिल्ला उपसभापति ठाकुर न्यौपाने र रमेश हुमागाई, प्रतिनिधि सभा सभापति दिनेश लामा, प्रदेश सभापति चन्द्र लामा र राम लामा नमोबुद्ध नगरका मेयर कुन्साङ लामा, जिल्ला सदस्य सन्तमान लामा र भोला भट्टराई, नेताहरु मधुकर खनाल, निगम हुमागाई, नगर सचिव रामेश्वर अधिकारी र महेन्द्र थिङ, नेपाल महिला सघ नमोबुद्ध नगर समिति सभापति शान्ता पाठक नराल लगायतले काँगेसले शुरु गरेको जनता साथमा काग्रेसको अभियानमा सबैले सहयोग गरौं र टोल टोलमा पुगी अगामी निर्वाचनका बारेमा जनता सगँ प्रष्ट धारण राख्नु पर्ने बताएका थिए ।

कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस नमोबुद्ध नगर सभापति इन्द्र दाहालले नेपाली कांग्रेस नमोबुद्ध काठमाण्डौ सम्पर्क समिति गठन गनुको उदेश्य भनेकै नमोबुद्धका स्थानिय काठमाडौमा छरिएर बसेकाहरुलाई अबका दिनमा एक ढिक्का बनाएर अगाडि बढाउनु पर्ने बताए ।

आउदै गरेको प्रदेश र संघीय निर्वाचनका लागि सबै युवाहरु एक ढिक्का भएर अबको निर्वाचन होमिने बेला भईसक्यो त्यही भएर आज भेलाबाट चयन हुने सबैलाई भोलि हुने निर्वाचन र आगमी दिनमा नेपाली काग्रेस नमोबुद्ध नगरलाई चाहिने सहयोगकाको अपेक्षा समेत गदै सबै नगरबासी एक हुन समेत आग्रह गर्छु उनले भने ।

भेलाबाट सभापतिमा सर्वसम्मत आकाश लामा चयन

काठमाडौं नेपाली काग्रेस नमोबुद्ध कार्य समितिको आयोजनामा नेपाली कांग्रेस नमोबुद्ध काठमाण्डौ सम्पर्क समिति गठन को सभापतिमा आकाश लामा चयन भएका छन् । सम्पर्क समिति गठन कार्यक्रममा लामा सहित उपसभापतिमा सिद्धिबहादुर दाहाल र हिमाल सिं तामाङ, सचिवमा रत्न लामा र नवेश तामाङ, सहसचिवमा प्रेमबहादुर लामा र विनोद न्यौपाने चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा शंकर रायमाझी, केदार प्रसाद पौडेल, विकास तिवारी, समुन्द्र नेपाल, हेमराज लामा, विष्णुबहादुर तामाङ, विकास तामाङ, गोविन्दबहादुर भुजेल, अजय लामाङ, तेजबहादुर तामाङ, कुमार लामा र बासुराम तामाङ चयन भएका छन् ।

एक पटक पढ्नुहोस