After header

जुवातास खेलिरहेका पनौतीका ६ जना पक्राउ

पनौती/  चाडपर्व नजिकिदै गर्दा काभ्रेमा जुवातास खेल्ने क्रममा बढेको छ । काभ्रे प्रहरीले जुवातास खेल्ने खेलाउनेलाई छुटै कार्वाही गर्ने भनि चाडपर्व लछित अभियान चलाएको छ । त्यसै क्रममा बिहिबार काभ्रेको पनौती वडा नं. ३ स्थित पुछारेबाट ६ जना जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीले काभ्रेमा जुवातास खेल्ने र खेलाउनेको पहिचानका लागि विशेष अभियान सहित टोलि खटाई काभ्रेलाई जुवातास मूक्त बनाउने लागिरहेको बताए ।
इलाका प्रहरी कार्यालय बनेपाको टोलीले पनौती नगरपालिका वडा नं ३ पुछारे स्थित सुरेन्द्र लामाको घरमा जुवा तास खेली अवस्थामा ६ जनालाई पक्राउ गरेको हो ।

पर्नेमा सुरेन्द्र लामा, सन्जिब तामाङ, रुप बहादुर तामाङ, देव तामाङ, सुरथ लामा र प्रदिप लामा रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । लामाको घरमा तास खेली रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको अधिकृत सहितको टोलीले उनीहरुलाई पक्राउ गरेको एसपी जोशीले जानकारी दिए ।

तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले रितपुर्वक खानतलासी तथा पक्राउ गरी बिहिबार नै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट ७ दिन म्याद थप प्रदान भई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस