After header

ज्ञानकुञ्जमा विद्यार्थीलाई स्वागत

बनेपा/ काभ्रे जिल्लामा शैक्षिक क्षेत्रमा अब्बल मानीएको जिल्लाकै उत्कृष्ट ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई एक कार्यक्रम बिच स्वागत गरेको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान शनिबार कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई ३ चरणमा स्वागत गरेको छ ।

विद्यालयलले ३ चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरणमा नव आगन्तुक विद्यार्थीहरुलाई टिका, खादा लगाएर स्वागत गरिएको थियो भने दोस्रो चरण अन्र्तगत प्रतिष्ठानमा अध्यनरत विद्यार्थीहरुले विविध सांस्कृतिक र तेस्रो चरणमा विगतका वर्षहरु झै यो वर्ष पनि मनसुन डान्स पार्टीको आयोजना गरेर विद्यार्थीहरुलाई स्वागत गरेको विद्यालयका प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए ।

अन्य विद्यालयल जस्तो यस ज्ञानकुञ्ज नरहेको बताउदै यस विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई विद्यालयको पहिचानको आवश्यक रहेको बताए । नव आगन्तुक विद्यार्थीहरुलाई टिका, खादा लगाईदिएर ज्ञानकुञ्जमा स्वागत गर्नुको साथै उज्जवल भविष्यको कामना समेत विद्यालयले गरेको छ ।

उक्त स्वागत सांस्कृतिक एवं मनसुन डान्स पार्टी कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्य, प्रबन्ध निर्देशक प्रताप वैद्य, संचालक आत्मराम थापाका साथमा कलेज प्रमुख नवराज चौलागाई, सहायक प्रिन्सिपल रत्नराज खतिवडा लगायतकोे उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस