रोशी/ राष्ट्रिय स्वतन्त्र पार्टी रोशी गाउँपालिका गठन भएको छ । शनिबार रोशी गाउँपालिका कटुन्जेमा भएको भेलाबाट ११ जना सदस्य रहने गरी गठन गरेको छ । भेलाबाट सयोजकमा गणेश कार्कीलाई जिम्मा दिएको छ भने अन्य सदस्यहरुमा शर्मीला बिश्वकर्मा, कृष्ण थापा,दिर्घसिङ तामाङ ,बिशाल लामा,दल बहाुर लामा,ज्ञान बहादुर तामाङ ,सत्यमान लामा,बिसाल श्रेष्ठ ,पुर्ण ब बि.क., गणेश बि.क. रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य राम कृष्ण भट्टराईको प्रमुख आतिथित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश महामन्त्री देव बिश्वकर्मा, जिल्ला सभापति प्रविन ढकाल, उपसभापति पुण्य माता घिमिरे, जिल्ला सचिव सुशील राज गिरी, जिल्ला र्यापिड टिम संयोजक जि.एन सापकोटा लगायतको उपस्थित रहेको थियो ।
