काभ्रे/
०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछिको जनताको सेवामा १ सय दिनका गतिविधिहरु काभ्रेको नमोबुद्ध नगरपालिकाले सार्वजानिक गरेको छ । आइतबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो १ सय दिनको कामहरुको उपलब्धी सार्वजानिक गरेको छ । ४३ वटा बुँदामा आफ्नो सय दिनबारे नगर प्रमूख कुन्साङ लामाले भने,–“ आलोचनात्मक दृष्टिकोण हामीलाई आवश्यक छ, हामीले राम्रो गरेको कार्यहरु सकरात्मक भए राम्रो र नभए खराब र सुझाव सहित आलोचना गरिए मात्रै नगरपालिका अघि बढ्न सक्नेछ, हामीले पूरा गरेको १ सय दिनमा जनमूखी काम लाई प्राथामिकतामा राख्ने प्रयास गरेका छौँ,” उनले सम्मेलन मा भने ।
नगरपालिकाले देखाएको ४३ बुँदाको अधिकांस प्रायः कार्यविवरणहरु पुरानै निरन्तरता,केही नियमित गर्नेपर्ने काम र केही संघ र प्रदेशकोकामको समन्वय गरिरहेको कामलाई समेत आफ्नो कार्यविवरणको सूचिमा राखेर सार्ववानिक गरिएको छ । नगरपालिकाले कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन, जेष्ठनागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकासको कार्यहरुमा भन्दै ४३ वटा बुँदा सार्वजानिक गरिएको छ जसलाई जस्ताको त्यस्तै प्रस्तुत गर्दा नगरपालिकाले स्थिर पूँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने साथै महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिने कार्यको सुरुवात गरिएको । र हाल सम्म १३ वटा उद्योग वा फर्महरुले यस्तो सुविधा प्राप्त गरी दर्ता भएको,जेष्ठ नागरिक, पूर्ण अशक्त र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै सो वर्गलाई लक्षित गर्दै मासिक कार्यतालिका तयार गरी कम्तिमा महिनाको एक पटक दक्ष र विज्ञ स्वास्थ्यकर्मीबाट घुम्ती स्वास्थ्य परीक्षण शिविर संचालन गर्न थालिएको।,कानुन बमोजिम तोकिएका निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निशुल्क स्वास्थ्य बीमा कार्यक्रम क्रमश संचालन गरिदै लगिने कार्यको सुरुवात गरिएको,लपूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई सो भत्ता वितरण गर्ने वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीयस्तररवडास्तरमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने कार्यको सुरुवात गरिएको।र हालसम्म ५०० जना लाभग्राहीहरुले आर्थिक वर्ष २०७८र०७९ को सामाजिक सुरक्षा भत्ता स्थानीयस्तररवडास्तरमा मा नै प्राप्त गराएको, बजारलाई लक्षित गरी नियमित सरसफाईको व्यवस्था मिलाई हप्तामा ३ दिन फोहोर व्यवस्थापनको कार्य प्रारम्भ गरिएको, दाप्चा नगर अस्पताल मार्फत संचालन हुने गरी २४ सै घण्टा एम्बुलेन्स सेवा सुचारु गरिएको, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउने उदेश्य अनुरुप नगर गौरव र वडा गौरवका आयोजनाहरु सँग तालमेल गरी कार्यान्वयन गर्ने प्रकृया सुरुवात गरिएको, नमोबुद्ध नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपा बीच यस नगरपालिका भित्रका नागरिकहरुको मोतियाबिन्दु रोगको निशुल्क उपचार गर्ने गराउने गरी सम्झौता गरिएको, वर्षातको कारणले यातायात सेवामा अवरुद्ध भएका नगरस्तरीय विभिन्न बाटोरसडकहरु नगरपालिकासँग रहेको मेशिनरी औजार मार्फत पहिरो तथा अवरोध हटाई एवं मर्मत गरी यातायत सहज सुचारु गरिएको,वडा नम्बर ०३ क्षेत्रका विभिन्न बस्तीहरुलाई लक्षित गरी विद्युतको सहज आपूर्तिका लागि विद्युत विस्तार तथा सुधारिकरण ९काठको पोल विस्थापान, ट्रान्सफरको क्षमता अभिवृद्धि० कार्य गरिएको, वैकल्पिक उर्जा प्रवर्द्धन गर्ने उदेश्य अनुरुप नमोबुद्ध नगरपालिकाका विभिन्न धार्मिक, सार्वजानिक स्थानहरुमा १० वटा सडक सौर्य बत्ति जडान कार्य सम्पन्न गरिएको, काभ्रेभन्ज्याङ(नमोबुद्ध(दाप्चा सडक अन्तर्गत वडा नम्बर ११ मा पर्ने कपुरढुङ्गा क्षेत्रमा सडक अवरुद्ध हुने गरी गएको पहिरो नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन तथा सुनिश्चिता गरी कार्य प्रारम्भ गरिएको, दाप्चा बजार पुनर्उथान कार्यक्रम अन्तर्गत दाप्चा बजार क्षेत्रमा ढुङ्गा विछ्याउने कार्यको प्रारम्भ गरिएको, नेपाल जलवायु अनुकुलन गाउँ कार्यक्रम अन्तर्गत बजार क्षेत्रलाई लक्षित गरी उर्जा किफायती अन्न भण्डारण तथा प्रशोधन प्रविधिको उपयोग, व्यावसायिक तरकारी तथा फलफूल खेतीको लागि बजार प्रवर्द्धन कार्यक्रमको लागि बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य प्रारम्भ गरिएको,वि।पि। राजमार्गलाई लक्षित गरी भकुण्डे बजार क्षेत्रलाई थप व्यवस्थित गर्न र मुआब्जा वितरण भईसकेको सडक भित्रको क्षेत्राधिकारलाई नापनक्शांकन गर्न र भकुण्डे बजार क्षेत्रलाई थप व्यवस्थित गर्न सूर्यविनायक(धुलिखेल, धुलिखेल(सिन्धुली(बर्दिबास सडक आयोजना मार्फत कार्य सुचारु गरिएको, बजार क्षेत्रहरुलाई थप व्यवस्थित गर्न बजार व्यवस्थापन कार्यविधि निर्माण गरी बजार व्यवस्थापन समिति गठन गरी बजार व्यवस्थापन कार्यहरुको संचालन गरिएको, सरसफाई तथा फोहोरमैला व्यवस्थापनको कार्यलाई प्राथमिकतामा राखी नियमित फोहोरमैला संकलन, ढुवानी तथा व्यवस्थापन गरिएको, भकुण्डे(पोखरी(नारायणस्थान(मेच्छे सडक र काभ्रेभन्ज्याङ(नमोबुद्ध(दाप्चा(तल्लो हटिया सडकको नियमित सरसफाई तथा मर्मत सम्भार कार्य गर्नका लागि पूर्वाधार विकास कार्यालय, काभ्रेपलाञ्चोकको समन्वय, सहकार्य तथा सहयोगमा क्रमश ५ जना र ४ जना गरी जम्मा ९ जना मर्मत सम्भारकर्ता ९लेन्थवर्कर० राखी नियमित कार्य गरिएको, युवा परिषद् पुनर्गठन गरी युवा लक्षित कार्यक्रमहरु अगाडी बढाईएको, वातावरण संरक्षणका लागि लक्षित गरी नगरस्तरमा १००० वटा वृक्ष रोपी वृक्षारोपण कार्य प्रारम्भ गरिएको, विद्यालय र नगरपालिकाको शैक्षिक गतिविधि तथा कार्यक्रमहरु समेटर शैक्षिक पात्रो प्रकाशन गरिएको, बाल विकास केन्द्रका शिक्षक, सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई नगरपालिकाको अन्तरिक श्रोतबाट थप पारिश्रमिकको व्यवस्था गरिएको, विद्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाको तर्फबाट थप आवश्यक बजेट विनियोजन गरिएको, घातक रोगको उपचार खर्च वितरणको लागि लगत संकलन कार्य अन्तिम चरणमा पुगेको,नगरपालिकालाई पूर्ण खोप नगर घोषणा गरिएको, नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा ग्वाला डाँडा खानेपानी आयोजना ९लागत रकम रु। १ करोड ३७ लाख० को शिलान्यास गरिएको, धुलिखेल अस्पताल र नमोबुद्ध नगरपालिका बीच भएको सम्झौता अनुसार नमोबुद्ध नगरपालिका वडा ११ मा राष्ट्रिय अनुसन्धान केन्द्र निर्माणको कार्य प्रारम्भ स्वरूप वृहत वृक्षारोपण कार्य गरिएको, आर्थिक वर्ष २०७९र०८० को वार्षिक नगर विकास योजनामा उल्लेख भए अनुसार नगरपालिका भित्र रहेका सम्पूर्ण जग्गाहरुलाई थप व्यवस्थित तथा डिजिटलाईज गर्ने कार्यको प्रारम्भ गरिएको, स्थानीय भू(उपयोग परिषद् गठन गरी जग्गाको वर्गीकरण कार्य प्रारम्भ गरिएको, विपद् व्यवस्थापनमा द्रुत सहयोग पुर्याउन र्यापिड रेस्पोन्स टिम तथा आवश्यक जनशक्तिको व्यवस्थापन गरी विपद् तथा मर्मत सम्भारको कार्यलाई अगाडी बढाई प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरिएको।फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन श्रोतमा नै फोहोर वर्गीकरणको कार्य अघि बढाउने एवं उपयुक्त स्थानमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण तथा उपयुक्त प्रविधि प्रयोग गरी नगरको, फोहोर नगर भित्रै व्यवस्थापन गर्ने गरी कार्य अघि बढाईएको । साथै सो सम्बन्धी अध्ययन समेत प्रारम्भ गरिएको, एक वडा एक पोखरी कार्यक्रमलाई निरन्तरता दिईएको र निर्वाचित भए पश्चात ४ वटा मूल संरक्षणको कार्य सुरुवात गरिएको, भाषा आयोगको समन्वय, सहयोग र सहकार्यमा वडा नम्बर ०३, ०४, ०७ र ०९ मा भाषिक सर्वेक्षण कार्य गरिएको, वर्षा, बाढी, वन्यजन्तु तथा विपद्का कारण क्षति भएको बाली तथा पशुधनका लागि किसानहरुलाई राहत रकम वितरण गरिएको, नगरपालिका, इसिमोड, सिप्रेड लगायतका संस्थाहरुको सहयोगमा वडा नम्बर ०२, ०३ र ०६ मा व्यवसायिक तथा अर्गानिक कृषि व्यवसाय प्रवर्द्धनको कार्य गरिएको र यसलाई थप विस्तार गर्दै लग्नको लागि आवश्यक बजेटको सुनिश्चितता गरिएको, नमोबुद्ध नगरपालिकाको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण रणनीति, २०७९ निर्माण भई स्वीकृत गरिएको, अभिभावक विहीन ४ जना बालबालिकाहरुलाई आर्थिक सहायता प्रदान गरिएको, नमोबुद्ध नगरपालिकाको लैङ्गिक तथा यौन जन्य दुर्व्यवहार निवारण आचार संहिता, २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याईएको, २०९ औ भानु जयन्तीको अवसरमा नमोबुद्ध काव्य अनुष्ठान सम्पन्न गरिएको, ५ वटा ह्वील चियर प्रदान गरी अपाङ्गता सहायक सामग्रीको वितरणको कार्य आरम्भ गरिएको र थप ५० वटा प्रदान गर्ने अन्तिम चरणमा रहेको, न्यायिक समिति गठन भई दर्ता भएका उजुरीको कारवाही र किनारा समयमा नै गरिएको। निर्वाचित भए पश्चात ४ वटा नयाँ उजुरी दर्ता भएको जसमध्ये ३ वटा उजुरी र पुरानो अल्या भई आएको मुद्दा मध्ये ३ वटा निरुपण गरिएको साथै न्यायिक समितिको १७ वटा बैठकहरु सम्पन्न गरिएको, नमोबुद्ध नगरपालिका वडा नम्बर ०२, ०३, १० र ११ का ८० जना बासिन्दाहरुलाई विविध सीप विकास सम्बन्धी तालिम ९सिलाई बुनाई, ब्युटी पार्लर, मोटरसाइकल मर्मत, होम स्टे लगायत० उपलब्ध गराई आवश्यक २५ थान सामाग्री हस्तान्तरण गरिएको उल्लेख गरिएको छ ।
