After header

युवा संघ बनेपा नगरका उपाध्यक्ष रणबहादुर कांग्रेसमा प्रवेश

बनेपा/ नेकपा एमालेका भातृ सगठन युवा संघ बनेपा नगर कमिटीमा उपाध्यक्ष सहित एक दर्जन एमालेलेका कार्यकर्ता काग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल काभ्रेको आयोजनामा बृहत तरुण भेलामा युवा संघ बनेपा नगर कमिटीका उपाध्यक्ष रणबाहादुर तामाङको नेतृत्वमा युवाहरुको समूह तरुण दलमा प्रवेश गरेका छन ।

नेपाली काग्रेस नेता एवं गुहमन्त्री बालकृष्ण खाँडले उनीहरुलाई टिकामाला र खादा लगाउदै काग्रेसमा स्वागत गरेका छन् । प्रवेश सगै तामाङले एमालेमा फोहोरी राजनितिकका कारण आफूले पार्टी छोडेको बताएका छन् । एमालेमा कार्यकर्ता भन्दामा नेता कसरी हुने र कार्यकर्तालाई दमन गरी राख्ने प्रवृतिका कारण आफूले पार्टी छोडेको बताए ।

युवाहरुको ढुकढुकी बन्न सफल रहेका रणबहादुर राजनितिक सेवा हो म रुखको शितल छाहारिमा बसेर सेवा गर्न चाहान्छु उनले भने । स्वार्थ ले भरियको समुहमा बसेर युवाको नाम बदनाम भयो त्यही कारण पार्टी त्याग गरेर आज नेपाली काग्रेसमा प्रवेश गरेको हो । भोलिका दिनमा सबै साथिहरु सग मिलेर नेपाली कांग्रेसको सगठनलाई बलियो बनाउन म र मेरा साथीहरु लागि पर्ने उनले बताए ।

यो देशमा जनताका लागि नेपाली काग्रेस बाहेक अरु पार्टीले केही गर्न नसक्ने समेत उनले बताए । नेकपा एमालेको भातृ सगठन युवा संघमा लामो समय रहेर एमालेलाई सहयोग गरिरहेका तामाङ काग्रेस प्रवेश गरे सगै काभ्रे एमालेलाई ठुल्लै घाटा रहेको एमालेका कार्यकर्ताको भनाई छ ।

एक पटक पढ्नुहोस