After header

कविता महर्जनको पुस्तक ‘पोषण व्यवस्थापन र महत्त्व’ सार्वजनिक

काठमाण्डौ/

मानिसको जीवनमा पोषणको महत्त्व र यसको वैज्ञानिक विधिमा आधारित रहेर कविता महर्जनद्वारा लेखिएको पुस्तक ‘पोषण व्यवस्थापन र यसको महत्त्व’ सार्वजनिक गरिएको छ ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा आयोजित कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ, विकासविद् दीपक चौधरी र लेखक महर्जनले पुस्तक सार्वजनिक गरे । कार्यक्रममा बोल्दै डा. श्रेष्ठले अधिकांश बिरामीहरू षोषण व्यवस्थापनमा चुक्दा रोग निको नभएर निरास हुने गरेको अनुभव सुनाए । ‘विशेष गरेर क्यान्सरका बिरामीलाई कुन खानेकुरा कति र कसरी खाने भन्ने थाहा नभएर गर्दा समस्या झन् बढेर जाने गरेको छ । यस्तो समस्या समाधान गर्न यो पुस्तकले सघाउँछ’, डा. श्रेष्ठले भने ।

नेपाल क्यान्सर अस्पतालमा पोषणविद्को रुपमा कार्यरल लेखक महर्जनले चित्रसहित कुन खानेकुरा के–कति र कसरी खाने भनेर पुस्तकमा उल्लेख गरेकी छिन् । पुस्तक ‘दिगो विकास तथा शान्ति यात्रा’ले प्रकाशन गरेको हो ।

एक पटक पढ्नुहोस