After header

प्रचण्ड’ विरुद्ध प्रहरीमा किटानी जाहेरी

होला त अनुसन्धान र कारबाही ?

तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले टीकाराजको २०५७ फागुन १६ गते रामेछापमा गोली हानेर हत्या गरेको थियो। आफ्ना पिताको हत्यामा प्रचण्ड संलग्न रहेकाले उनीविरुद्ध किटानी जाहेरी दिइएको ज्ञानेन्द्रराजले बताए। उनले प्रहरी प्रधान कार्यालय नक्सालमा जाहेरी दिएका छन्।

द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने र बाँकीको जिम्मा राज्य पक्षले लिनुपर्ने प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएकाले पनि आफ्नो पिताको हत्या हुनुमा प्रचण्ड नै जिम्मेवार रहेको पुष्टि हुने आरणको भनाइ छ।

कसुरसँग सम्बन्धित सबुद प्रमाणका रूपमा द्वन्द्वकालमा पाँच हजार व्यक्ति हत्याको स्वीकारोक्तियुक्त  ‘प्रचण्ड’ को भिडियो सामाजिक सञ्जालमा रहेको उजुरीमा उल्लेख छ।

पिताको हत्या भएको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापले पनि अभिलेख राखी पीडित पक्ष र साक्षीसँग बयान लिएको जाहेरीमा उल्लेख छ। तिहार बिदाका कारण आफूले  इमेलमार्फत जाहेरी दर्ता गराएको आरणले बताए।

यसअघि प्रचण्डलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिइएको छ।

प्रचण्डले पाँच हजार व्यक्तिको हत्या आफूले गरेको स्वीकार गरे पनि कानुनबमोजिम कारबाही नभएको भन्दै द्वन्द्वपीडितहरू ज्ञानेन्द्र आरण र पूर्णप्रसाद पौडेलले आयोगमा निवेदन दिएका हुन्।

प्रचण्डले २०७६ माघ १ गते खुलामञ्चमा आयोजित थारूहरूको माघी पर्वको कायक्रममा द्वन्द्वकालमा हत्या गरिएका पाँच हजार व्यक्ति हत्या स्वीकार गरेको  निवेदनमा उल्लेख छ। उनलाई तत्काल गिरफ्तार गराउन आवश्यक अनुसन्धान एवम् कानुनबमोजिम कारबाहीका आवश्यक पहल गरिदिन पनि पीडितहरूले आग्रह गरेका छन्।

द्वन्द्वका नाममा द्वन्द्वरत पक्षबाट घाइते, अंगभंग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पति कब्जामा परेका, चलसम्पत्ति लुटपाट भएका, विस्थापित लगायतका पीडितको जिम्मा पनि प्रचण्डले नै लिनुपर्ने माग पीडितहरूको छ। जाहेरीको पूर्ण विवरण हेर्नुहोस   

एक पटक पढ्नुहोस